• २०८१ बैशाख १४ शुक्रबार

युएईविरुद्धको दोस्रो खेलमा नेपालले बलिङ गर्दै, सोमपालले लिए सुरुवाती ४ विकेट

kharibot

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंगको दोश्रो खेल सुरु भएको छ । आबुधाबीको सेख जायद खेलमैदानमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । 

च्याम्पियनसिप अन्तर्गत गत बुधबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । नेपालका लागि आज दिपेन्द्र सिंह ऐरी घाइते भएका कारण खेलेका छैनन् ।

आज खेल्ने नेपाली टिममा पारस खड्का ( कप्तान ) ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, शक्ति गौचन, बिनोद भण्डारी, अनिल शाह, सन्दिप लामिछाने, सोमपाल कामि, करन केसी, ललित भण्डारी, आरिफ शेख, दिलिप नाथ रहेका छन् । 

आजको खेलमा नेपालले राम्रो सुरुवात गर्दै युएईका सुरुवाती ४ विकेट लिएको छ । चारै विकेट नेपालका सोमपाल कामीले लिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै