शिक्षा ऐनमा संशोधनबारे प्रमुख सचेतकसँग छलफल हुने

खरीबोट

फाइल तस्विर

ad

काठमाडौँ  । अस्थायी शिक्षकको माग सम्बोधन गर्न शिक्षा ऐनमा नवौँ संशोधनका लागि शुक्रबार प्रमुख दलका प्रमुख सचेतकसँग छलफल हुने भएको छ । 

शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच गत असार ९ मा भएको सहमतिबमोजिम शिक्षा ऐन संशोधन नभएको र पुरानै कार्यतालिकामा आगामी भदौ ३ गते शिक्षक सेवा आयोगले परीक्षा लिन लागेको भन्दै अस्थायी शिक्षक पुनः अनशनमा छन् । 

अस्थायी शिक्षकले परीक्षामा असफल भएपनि उचित सुविधाको माग गरेका छन् । संघर्ष समितिले यही साउन १८ गतेदेखि भद्रकालीमा अनशन जारी राखेको सन्दर्भमा आज मन्त्रालय, महासंघ र समितिका प्रतिनिधिबीचको वार्तामा ऐन संशोधनका विषयमा प्रमुख दलका प्रमुख सचेतकसँग संवाद गर्ने तय भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले जानकारी दिए । 

आगामी भदौ ३ को परीक्षाको तयारी हालसम्म यथावत् राखेको आयोगका प्रशासकीय प्रमुख डा लक्ष्मीराम पौडेलले जानकारी दिए  । 

संघर्ष समितिका लक्ष्मी सत्यालले अनशनमा रहेका दुई शिक्षकको स्वास्थ्य अवस्था थप कमजोर हुँदा पनि सरकार माग पूरा गराउन गम्भीर नभएको गुनासो गरे । 

सम्बन्धित समाचार

पारदर्शी छैन निजी विद्यालयका शिक्षकको सुविधा

काठमाडौँ । जी विद्यालयले मागे जति शुल्क तिर्न अभिभावक बाध्य छन् । तर, त्यहाँ कार्यरत शिक्षकले उचित तलब नपाएको गुनासोको अन्त्य भएको छैन । सामुदायिक विद्यालयको तुलनामा निजी (संस्थागत) विद्यालयका विद्यार्थीको

म्याग्दीमा मुख्य विषय पढाउने शिक्षकको अभाव

म्याग्दी । रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी शुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएका छैनन् । मावि तहका लागि शिक्षक आवश्यकता

बलात्कार आरोपमा शिक्षक पक्राउ

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ का शंकर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुर्व्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  मावि तहसम्म अंग्रेजी विषय

पेशागत सुरक्षाको माग गर्दै शिक्षकद्वारा राजधानीमा प्रदर्शन

काठमाडौँ । पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षकहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पु¥याएर स्थायी गर्न माग गर्दै प्रदर्शन गरेका हुन्


z