• २०८१ बैशाख ८ शनिबार

यूएईविरुद्ध दोस्रो खेलमा पनि नेपाल पराजित 

kharibot

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत यूएईविरुद्धको दोस्रो म्याचमा पनि नेपाल पराजित भएको छ । 

यूएईले दिएको १९६ रनको लक्ष्य पछ्याउन नेपाल असफल भएपछि ६३ रनको हार बेहोरेको छ । यूएईले अद्नान मुफ्तीको शतकको मद्दतमा १९५ रन जोडेको थियो । 
नेपालका बलर सोमपाल कामीले यूएईको पाँच विकेट लिन सफल भए पनि त्यो नेपाललाई जिताउन पर्याप्त भएन ।

सोमपालले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका थिए । एक समय १८.३ ओभरमा पाँच विकेट गुमाएर ३९ रनको स्थितिमा रहेको यूएईलाई सातौं नम्बरका ब्याट्सम्यान अद्नान मुफ्तीले उद्दार गरे । उनले उत्कृष्ट १०४ रन बनाएका थिए ।

सोमपालले १० ओभरमा २७ रन खर्चेर ५ विकेट लिए भने कप्तान पारस खड्का, सन्दिप लामिछाने, ललित भण्डारी र सागर पुनले १-१ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन । प्रारम्भिक ब्याट्सम्यान दिलिप नाथ ६ बलको सामना गर्दै कुनै रन नबनाई आउट भए । शरद भेषावकर पनि १३ रन बनाएर आउट भए । 

कप्तान पारस खड्काले १० रन बनाए भने सागर पुनले २१ रन बनाए । ज्ञानेन्द्र मल्ल ४२ रन बनाए, आरिफ सेख १४ रन बनाएर आउट भए । उनीपछि आएका सोमपाल कामी र बसन्त रेग्मीले खाता पनि खोल्न सकेनन् र लगातार बलमा आउट भए । विनोद भण्डारीले २५ रन बनाए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै