• २०८१ बैशाख ४ मंगलबार

गच्छदार उम्मेदवार बनेको क्षेत्रमा मत गणना स्थगित 

kharibot

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना रोकिएको छ ।  नेपाली काँग्रेसका नेता विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीब्र प्रतिस्पर्धा भइरहेको यस क्षेत्रमा मतपत्रसँग २० रुपैयाँको नोट भेटिए पछि विवाद भएको छ । 

सो विषयलाई लिएर विवाद हुँदा मतगणना स्थगित भएको हो । निर्वाचन आयोगका अनुसार मतपत्रमा पैसा भेटिए मत रद्ध हुने नियम अनुसार सो मत रद्ध गरेपछि दलहरुले सो को बिरोध गरेका छन् ।

अन्त्यतिर आएर गच्छदारले मत अन्तर कम गर्दै ल्याएका छन् । अहिले गच्छदार एमालेकी उम्मेदवार भगवती चौधरीसँग १५५ मतले पछाडी रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार चौधरीको २९३२६ मत छ भने गच्छदारको २९१७१ मत रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै