• २०८१ बैशाख ७ शुक्रबार

समानुपातिकमा एमाले-काँग्रेसबीच कडा प्रतिष्पर्धा, यस्तो छ पछिल्लो मत परिणाम 

kharibot

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । 

हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच कडा प्रतिष्पर्धा भैरहेको छ ।  पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ भने काँग्रेसले पछ्याइरहेको छ । 

माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै राजपा चौथो स्थानमा रहेको छ भने राप्रपा पाचौ स्थानमा रहेको छ । त्यस्तै विवेकशील छैठौ, फोरम सातौ र नयाँ शक्ति अठौ स्थानमा रहेको छ ।  

सोमबार अपरान्ह १ बजेसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
 

१. नेकपा एमाले- ४०३८३९ 
२. नेपाली कांग्रेस- ३८९९२४ 
३. माओवादी केन्द्र -१८५९२०
४. राजपा- २५२२४
५. राप्रपा- १९९४० 
६. विवेकशील साझा- १९४४८
७. संघीय फोरम – १६७१३
८. नयाँ शक्ति – १५१५९
९. राप्रपा प्रजातान्त्रिक -८४८६
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै