कञ्चनपुर / कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा कांग्रेस नेता रमेश लेखक ४७ मतले मात्रै पछाडि परेका छन् ।
ताजा मतपरिणामअनुसार रमेश लेखकले २१ हजार ९ सय २८ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका दीपक प्रकाश भट्ट २१ हजार नौ सय ७५ मतका साथ अगाडि रहेका छन् ।
अब करिब २७ सय १४ मत मात्रै गन्न बाँकी छ ।