• २०८१ बैशाख ४ मंगलबार

वाम गठबन्धनको जितदेखि डरायो सेयरबजार, सूचक आज पनि घट्यो

kharibot

काठमाडौं । दुुई चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धन जितको दुुई तिहाई अंक नजिक पुुग्दा नेप्से भने घट्दै गएको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार पनि नेप्सेका दुुबै सूचक घटेका छन ।

नेप्से आज दुुई दशमलव ७४ अंकले घटेर १५ सय २७ दशमलव ७५ विन्दुमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ६९ अंकले घटेर तीन सय २१ दशमलव ९३ विन्दुमा पुुगेको छ । नेप्सेमा कुुल एक सय ५७ कम्पनीहरुको चार हजार एक सय एक वटा कारोवारमा आठ लाख ५६ हजार एक सय १८ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४६ करोड ४५ लाख ५० हजार छ सय १८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १० वटा समूहको कारोवार भएकोमा उत्पादनमुुलक र अन्य समूहको सूचक क्रमश शुन्य दशमलव ५६ र शुन्य दशमलव ८७ अंकले बढेपनि बाँकी आठ वटा समूहको सूचक उच्च अंकले घटेको छ । उच्च अंकले घटेको बीमा समूहको सूचक २६ दशमलव ७३ अंंकले घटेर आठ हजार २९ दशमलव ३० विन्दुमा झरेकोमा पाँच करोड ३१ लाख १९ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

वाणिज्य बैंक समूहको सूचक एक दशमलव ८३ अंकले घटेर १३ सय तीन दशमलव ३८ विन्दुमा झरेकोमा १८ करोड ९७ लाख ७७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी बिकास बैंक समूहको सूचक नौ दशमलव एक अंकले घटेर १७ सय ६६ दशमलव ८९ विन्दुमा झरेकोमा एक करोड ८८ लाख ६८ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलविद्युुत समूहको सूचक पनि तीन दशमलव चार अंकले घटेर दुुई हजार ७९ दशमलव २७ विन्दुमा झरेकोमा चार करोड ५१ लाख २६ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । टेडिङ, होटल, फाईनान्स र लघुबित्त समूहको सूचक पनि आज घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सूचीमा परेको एभरेष्ट बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ ४७ पैसाले बढेर आठ सय २० रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको नेशनल माईक्रो फाईनान्स बित्तीय संस्थाको सेयर मूल्य पाँच रुपैयाँ ८० पैसाले घटेर २६ सय ४७ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको स्टान्र्डड चार्टड बैंकको २१ सय ९२ रुपैयाँ अन्तिम मूल्यमा छ करोड छ लाख ४७ हजार नौं सय ५७ रुपैयाँको कारोवार भएको छ भने प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ नौ सय ५० रुपैयाँ अन्तिम मूल्यमा चार करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै