मौका छोपेर निर्णय नगर्न एमालेको चेतावनी

खरीबोट
ad

काठमाडौँ । नेकपा एमाले ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलगत्तै वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको र गर्न लागेको भन्दै विरोध गरेको छ । 

एमाले महासचिव ईश्वार पोखरेलले आज विज्ञप्ति जारी गरी सरकारले आज गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा नियुक्ति गरेकामा विरोध गर्र्दै यस्ता निर्णयमा निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन सचेत गराए । 

‘यस्तो समयमा मौका छोपेर नियुक्तिको निर्णय गरिनु सरकारको दुराशय र जनादेशविपरीत कदम हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको सन्दर्भमा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिने समेत सबैमा स्पष्ट गर्दछौंँ ।’

सम्बन्धित समाचार

साढे ३३ किलो सुन प्रकरण : गोरेको बयानका आधारमा तत्कालीन एमालेका स्थानीय नेता पक्राउ 

काठमाडौँ । साढे ३३ किलो सुन प्रकरणमा प्रहरीले तत्कालीन एमालेका मोरङका एक स्थानीय नेतालाई पक्राउ गरेको छ ।  प्रहरीले गएराती मोरङ उर्लावारीका रेवत आचार्यलाई पक्राउ गरेको हो । सुन प्रकरण र सनम

नेपाल कम्युनिष्ट पार्टीमा एमालेबाट ४२ केन्द्रीय सदस्य टुंगिए, को को परे ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमाले तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ ।  नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले

प्रचण्ड कसरी बन्लान् एमाले कार्यकर्ताको नेता ?  

काठमाडौँ । तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी बनेपछि एकाएक राजनीतिक वृत तरंगित बनेको छ । सबैको अनुमान र विश्लेषणलाई गलत साबित गर्दै पार्टी एकीकरण गरेपछि

‘नेपाल कम्युनिष्ट पार्टी’ का केन्द्रीय सदस्यहरुले लिए सामुहिक शपथ, एमाले र माओवादी विघटन 

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ का केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक शपथ लिएका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएपछि


z