विराट र अनुष्काले इटाली पुगेर गरे विवाह 

खरीबोट
ad

मुम्बई ।  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले विवाह गरेका छन् ।

२९ वर्षका विराट र अनुष्काले इटाली पुगेर शनिबार विवाह गरेको विराट र अनुष्का शर्मा दुवैले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

सो सन्देशमा दुबैले हामी सधैको लागि एक हुने बाचा गरेको भन्दै यो समाचार सुनाउन पाउदा भाग्यमानी ठानेको उल्लेख गरेका छन् । 

भारतीय क्रिकेट टिमका कप्तान विराटले हाल भइरहेको श्रीलंकाविरुद्धको टिममा नपरे पछि दुबैको विवाह हुनसक्ने अनुमान गरिएको थियो । उनीहरुको विवाहमा पारिवारिक इष्टमित्रले भाग लिएको बताइएको छ ।
 

सम्बन्धित समाचार

टेस्ट क्रिकेटमा विराट कोहलीले बनाए २४औ शतक 

काठमाडौँ। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा आफ्नो २४औ शतक हानेका छन्।   हाल जारी वेस्टइन्डिजविरुद्धको पहिलो टेस्टको दोस्रो दिन विराटले शतकीय पारी खेल्दै भारतलाई राम्रो स्थितिमा पुर्याएका हुन्।

एशिया कपमा भारतबाट विराट कोहली नखेल्ने, रोहित शर्मा बने कप्तान 

काठमाडौँ।  एशिया कपका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ। भारतीय टिमका नियमित कप्तान विराट कोहलीलाई एशिया कपमा आराम दिइएको छ भने भारतीय टिमको नेतृत्व रोहित शर्माले गर्ने भएका छन्।

विराट कोहली आइसीसीको टेस्ट ब्याट्सम्यानको वरियतामा शिर्ष स्थानमा

काठमाडौँ।  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आइसीसीको टेस्ट ब्याट्सम्यानको वरियतामा शिर्ष स्थानमा फर्किएका छन्। आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा कोहलीले अस्ट्रेलियाका स्टिभन स्मिथलाई पछाडी पार्दै टेस्टको ब्याट्सम्यानको वरियतामा शिर्ष

विराट कोहली टेस्टमा पनि प्रथम

काठमाडौँ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टेस्ट ब्याट्सम्यानको वरियतामा विराट कोहली शिर्ष स्थानमा उक्लिएका छन् । इङल्याण्डको  बर्मिङ्घमस्थित एजबास्टन क्रिकेट स्टेडियममा भएको टेस्ट म्याचमा भारत इङ्गल्याण्डसँग ३१ रनले पराजित भएपनि विराटले पहिलो


z