• २०८१ बैशाख ७ शुक्रबार

विराट र अनुष्काले इटाली पुगेर गरे विवाह 

kharibot

मुम्बई ।  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले विवाह गरेका छन् ।

२९ वर्षका विराट र अनुष्काले इटाली पुगेर शनिबार विवाह गरेको विराट र अनुष्का शर्मा दुवैले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

सो सन्देशमा दुबैले हामी सधैको लागि एक हुने बाचा गरेको भन्दै यो समाचार सुनाउन पाउदा भाग्यमानी ठानेको उल्लेख गरेका छन् । 

भारतीय क्रिकेट टिमका कप्तान विराटले हाल भइरहेको श्रीलंकाविरुद्धको टिममा नपरे पछि दुबैको विवाह हुनसक्ने अनुमान गरिएको थियो । उनीहरुको विवाहमा पारिवारिक इष्टमित्रले भाग लिएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै