• २०८१ बैशाख ६ बिहीबार

कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी

kharibot

कञ्चनपुर । कञ्चनपुरको प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्र र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

निर्वाचन अधिकृत कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का बिना मगर ३८ हजार ४६४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह बिष्टले १९ हजार २१९ मत ल्याए । 

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा एमालेका तारालामा तामाङले २० हजार १५ मत प्राप्त गरी ल्याई विजयी हुनुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोपाल गुरुङले नौ हजार २९० मत प्राप्त गरे । 

प्रदेशसभा (ख) सदस्यमा एमालेका कुलवीर चौधरीले १६ हजार १५८ मत प्राप्त गरी विजयी हुुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामलाल रानाले १० हजार २२३ मत प्राप्त गरे । 

निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा एमालेका नरबहादुर धामीले ३३ हजार २२० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नारायणप्रकाश साउदले २४ हजार ८९३ मत प्राप्त गरे । 

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा माओवादी केन्द्रका महेशदत्त जोशीले १७ हजार ६७२ मत प्राप्त गरे भने उनका निकटतम निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्करराज ओझाले १२ हजार ४६२ मत प्राप्त गरे । प्रदेश सभा९ख० मा एमालेका लालबहादुर खड्काले १६ हजार ३८५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बहादुरसिंह थापाले ११ हजार ८५१ मत ल्याए । 

निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा एमालेका डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत प्राप्त गरे । 

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा सदस्य ९क०मा एमालेका प्रकाश रावलले १२ हजार ८१७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गरे । 

प्रदेश सभा ९ख०मा माओवादी केन्द्रका मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५३९ मत प्राप्त गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै