• २०८१ बैशाख १२ बुधबार

गच्छदारको निर्वाचन क्षेत्रमा स्थगित मतगणना फेरी सुरु 

kharibot

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ को स्थगित भएको मतगणना सुचारु भएको छ । सोमबार बिहानदेखि अवरुद्ध रहेको मत गणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वाम गठवन्धनका उम्मेदवार भगवती चौधरी उम्मेदवार रहेको यस क्षेत्रमा दुइबीच कडा प्रतिष्पर्धा भैरहेको छ ।  
मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर विवाद बढेपछि मतगणना स्थगित भएको थियो ।

पछिल्लो मतपरिणाम अनुसार एमालेकी चौधरी गच्छदार भन्दा १५५ मतले गाडी रहेकी छन् । चौधरीले २९३२६ मत ल्याएकी छन् भने गच्छदारले २९१७१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा करिब २० हजार मत गणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै