• २०८१ बैशाख ४ मंगलबार

के एचपीका ल्यापटपले तपाईंको जासुस गर्दै छ ? पत्ता लाग्यो लुकाइएको सफ्टवेयर 

kharibot

युरोप । चर्चित ल्यापटप कम्पनी एचपीका सयौँ ल्यापटपमा अग्रिम रुपमै (प्रि इन्स्टल्ड) लुकाएर राखिएको सफ्टवेयर पत्ता लागेको छ ।

प्रविधिको सुरक्षा अन्वेषक माइकल म्यांगले एचपीमा लुकाएर राखिएका किलगिङ कोडहरुयुक्त अग्रिमरुपमै राखिएका सफ्टवेयरबारे पत्ता लगाएका हुन् । किबोर्डको कामका लागि ती सफ्टवेयर राखिएको बताइएको छ । 

एचपीले ४ सय ६० भन्दा धेरै मोडेलका ल्यापटपहरु सम्भावित सुरक्षाको दृष्टिले असुरक्षित अवस्थामा हुनसक्ने बताएको छ । कम्पनीले वक्तव्य नै निकालेर त्यस्ता किलगरहरु हटाउन आग्रह गरेको छ । उसले आग्रह गरेका र खतरायुक्त मानिएका ल्यापटपहरुमा इलाइटबुक, प्रोबुक, पेभिलियन र इन्भाई रेन्जेसलगायतका रहेका छन् ।

एचपीले यसबारे पूर्ण विवरण नै उल्लेख गरेको छ । वक्तव्यमा एचपीले आफ्ना केही मोबाइल पीसीहरुमा कम्पनलीले साइनाप्टिक टचप्याडहरु प्रयोग गरेको र त्यसले प्रभावित एचपी सिष्टममा देखिएका एरर (गल्तीहरु) सुधार्ने बताएको छ । 

म्यांगले एचपी ल्यापटपमा किबोर्ड ब्याकलाइट नियन्त्रण कसरी गर्ने भन्ने सिलसिलामा किलगर भेट्टाएका हुन् । यद्यपि उनले उक्त किलगर निष्क्रिय अवस्थामा रहेको पाएका थिए । तर कुनै ह्याकरले उक्त किलगर सक्रिय (एक्टिभ)  गरेर प्रयोगकर्ताले टाइप गरेका हरेक कुरा आफूले लिनसक्ने खतरा उनले औँल्याएका छन् ।

एचपीका अनुसार कम्पनीले साइनाप्टिक सफ्टवेयरहरु डिबग एरर समाधानका लागि बनाएको थियो । तर पछि कम्पनी यसले गोपनीयता भंग हुनसक्नेबारे जानकार थियो । तर कम्पनीले साइनाप्टिक्स सफ्टवेयर र एचपी दुवैले प्रयोगकर्ताको डाटा लिन भने नसक्ने दाबी गरेको छ । 

गत मेमा पनि एचपीका धेरै ल्यापटप मोडेलहरुमा धेरै नै प्रि इन्स्टल्ड अडियो ड्राइभहरु पत्ता लागेको थियो । त्यतिखेर कम्पनीले उक्त किलगर सफ्टवेयरहरु भूलवश राखिनपुगेको भन्दै आफ्नो बचाउ गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै