निर्वाचनका कारण तरलतामा चाप

खरीबोट
ad

काठमाडौँ । संविधानसभाबाट जारी संविधानको कार्यान्वयनका सिलसिलामा सम्पन्न निर्वाचनमा भएको खर्चका कारण बैंक तथा वित्तीय संस्थाको तरलतामा असर परेको छ । 

निर्वाचन आयोग, सरकारी निकाय तथा राजनीतिक दलले निर्वाचनमा ठूलो रकम खर्च गरेको र उक्त रकम बैंकिङ च्यानलमा नआइसकेका कारण पनि तरलतामा चाप परेको हो । 

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रमा उम्मेदवार दिएका बराबर रु एक करोड मात्र खर्च भयो भने पनि प्रत्यक्षतर्फ १६५ पदका लागि रु एक अर्ब ६५ करोड खर्च भएको छ । एक निर्वाचन क्षेत्रमा कम्तीमा पाँचजना उम्मेदवार छन् । 

निर्वाचन आयोगले तोकेको अधिकतम प्रतिनिधिसभाका सदस्यमा उम्मेदवारी दिएका एक उम्मेदवारले रु २५ लाखसम्म खर्च गर्न पाउँछन् । प्रदेशसभाका उम्मेदवार तथा समानुपातिकका उम्मेदवारको खर्च पनि ठूलो छ । त्यस्तै सरकारले ठूलो रकम खर्च गरेको छ । 

नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले निर्वाचनमा औपचारिक तथा अनौपचारिक दुवै तवरले खर्च भएको बताए । उनले निर्वाचनका कारण तरलतामा चाप परेको जानकारी दिए । 

राष्ट्र बैंकका अनुसार हाल रु ३२ अर्बको तरलता कायम छ । यही १५ दिनमा रिपोमार्फत राष्ट्र बैंकले रु ४४ अर्बको तरलता प्रवाह गरेको थियो । तरलतामा कमी देखिनुको अर्को कारण सरकारले साउन यता उठाएको रु १०५ अर्बभन्दा बढी आन्तरिक ऋण पनि हो । 

राजस्व अनुसन्धान विभागका महानिर्देशक भूपाल बरालले स्थानीय, प्रदेश तथा प्रनिनिधिसभाको निर्वाचनमा अनौपचारिक आर्थिक कारोबार भएको अनुमान गरे । उनले बैंक तथा वित्तीय संस्थाको तरलतामा खासै परिवर्तन नआएकाले पनि निर्वाचनमा भएका खर्च औपचारिक नभएको बताए । 

राष्ट्र बैंकका अनुसार तरलतामा कुनै समस्या छैन । तर तीन महिना अघिको तुलनामा केही ‘टाइट’ देखिएको छ । मुलुकमा ३० प्रतिशतभन्दा बढी आर्थिक कारोबार अनौपचारिक हुँदै आएको अनुमान गरिँदै आएको छ । 

बैंकर्स संघका पूर्व अध्यक्ष अनिल केशरी शाहले बैंक तथा वित्तीय संस्थामा तरलता कम हुँदै गएको बताए । उनले भने, ‘कर्जा प्रवाह बढेको छ, निर्वाचनमा भएको खर्च बैंकिङ च्यानलमा अझै आएको छैन ।’

निर्वाचनमा भएको खर्चको ७० प्रतिशत रकम बैंकिङ च्यानलमा आउने विश्वास व्यक्त गर्दै उनले निर्वाचनमा सरकार र निर्वाचन आयोगले गरेका खर्च बैंकिङ च्यानलबाट गएको बताए । तर राजनीतिक दलले गरेको खर्च अनौपचारिक प्रणालीमा आधारित छ । 
 

सम्बन्धित समाचार

बङ्गलादेशमा निर्वाचनको मिति घोषणा नोभेम्बर महिनाको अन्तिम साता

ढाका। एएफपी बङ्गलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने भएको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आगामी नोभेम्बर महिनाको अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र

निर्वाचनको समयमा भएका प्रतिबद्धताअनुसार सरकारले काम गर्ने : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन्

माल्दिभ्सको निर्वाचन परिणामबारे आइतबार सुनुवाई हुने

कोलम्बो। माल्दिभ्सको सर्वोच्च अदालतले निर्वाचनका बारेमा परेको मुद्धामाथी आउदो आइतबार सुनुवाई गर्ने जनाएको छ ।  हालै भएको राष्ट्रपतीय निर्वाचनबारेमा राष्ट्रपति अब्दुला यमीनले दिएको चुनौतीबारेमा आइतबार सुनुवाई गर्ने तय भएको अदालतले बिहीबार

उपनिर्वाचनको प्रस्तावले नेकपाको नियमित कार्यसूची प्रभावित

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ ।  उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो


z