• २०८१ बैशाख १२ बुधबार

उच्च अदालतको आदेशमा सिके राउत रिहा 

kharibot

जनकपुर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा‍. सिके राउत रिहा भएका छन् । दोस्रो चरणको चुनावका दिनमा जनकपुरस्थित डेराबाट पक्राउ परेका राउतलाई उच्च अदालत जनकपुरले रिहाई आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय माधव प्रसाद पौडेल र ठाकुर प्रसाद शर्मा पौडेलको संयुक्त इजलासले राउतको रिहाईको आदेश दिएको हो ।

दोस्रो चरणको निर्वाचनको दिन निर्वाचन गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । दोस्रो चरणको निर्वाचनमा राउतको गाँउ सप्तरीको महदेवा मतदान केन्द्रमा कुनै मतदाता मतदान गर्न आएका थिएनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै