'कन्स्पिरेसी थिअरिष्ट'हरुको दाबी : नासाले एलियनबारेको तथ्य लुकाउँदै छ !

खरीबोट

फाइल फोटो ।

ad

उत्तर अमेरिका । कन्स्पिरेसी थिअरिष्ट (मनगढन्ते व्याख्याता) स्कट सी वेरिंगले नासालाई एलियनबारे धेरै कुरा थाहा भएको दाबी गरेका छन् । नासाले वर्षौँ वर्षदेखि अन्तरिक्ष यानहरुले धेरै तथ्यहरुबारे पत्ता लगाए पनि त्यसलाई सार्वजनिक गर्न आनाकानी गरेको आरोप लगाएका हुन् । 

विशेष गरी भोयागर १, नासाको सबैभन्दा पुरानो मानवरहित अन्तरिक्ष यानले हाम्रो सौर्यप्रणालीबाहिर रहेर अनुसन्धान गरिरहेको छ । सन् १९७७ को सेप्टेम्बर ५ मा यसलाई प्रक्षेपण गरिएको थियो ।

यूएफओ साइटिंग्स डेली नामको एलियन ब्लगका संस्थापक समेत रहेका वेरिंगले नासालाई १३ बिलियन माइल टाढा रहेको यानले संकलन गरेका तथ्य तथ्यांकहरु सार्वजनिक गर्न आग्रह समेत गरेका छन् । आफूले नासालाई भने पनि उसले भने कुनै प्रतिक्रिया नदिएको उनको दाबी छ । 

उक्त यानले ४० वर्षदेखि सोलार सिष्टम बाहिर रहेर डाटा संकलन गरिरहेको छ ।  उनको दाबी के पनि छ भने हाम्रै सौर्य प्रणालीभित्र र बाहिर एलियन (अर्कै ग्रहका प्राणी)हरुको अस्तित्व छ तर यसबारे केवल नासालाई मात्र थाहा छ र उनीहरु यो कुरा लुकाइरहेका छन् । 

यद्यपि उनले यस्तो दाबी गरे पनि नासाले भने अन्तरिक्ष यानहरुले खिचेका तस्बिर, तथ्य तथ्यांकको जानकारी बेलाबखत दिँदै आएको छ । केही समयअघि मात्रै ३० वर्षपछि पुनः आफ्नो अन्तरिक्ष यान भोयागर १ को थष्र्टर (अगाडि धकेल्ने शक्तियुक्त मेसिन) विष्फोट गराएर मिसन लम्ब्याएको थियो । 

सम्बन्धित समाचार

ब्रह्माण्डमा हामी एक्लै छौँ त ? नासाले ‘टेक्नोसिग्नेचर’ पहिचान गरी ‘एलियन लाइफ’ खोज्ने !

अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले एलियन लाइफ (अर्कै ग्रहमा भएको हुनसक्ने मानिसजस्तै जीव) खोज्न नयाँ तरिका अपनाउने भएको छ । अन्य ग्रहमा पृथ्वीका मानिसभन्दा सभ्यताको विकासका दृष्टिले उच्चस्तरीय सभ्यतामा

डिप स्पेसबाट आयो ७२ वटा रहस्यमय संकेत !

वैज्ञानिकहरुले एलियन पत्ता लगाउन जारी राखेको प्रयासमा एउटा महत्वपूर्ण खुड्किला पार गरेको दाबी गरेका छन् । डिप स्पेसबाट रहस्यमय ७२ वटा संकेतहरु पाएसँगै यस्तो दाबी गरिएको हो ।  यी संकेतहरुलाई फाष्ट

मंगलग्रहमा धूलोको आँधी, ब्युँझेला नासाको अपरच्युनिटी रोभर ? 

अमेरिका । विशाल धूलोको आँधीले पछिल्लो समय वितण्डा मच्चाएको मंगल ग्रहको आकाश विस्तारै सफा हुन थालेको छ । आँधी हट्ने क्रम सुरु भएसँगै आकाश सफा हुनथालेको नासाका वैज्ञानिकहरुले बताएका छन्

नासाको नयाँ प्लानेट हन्टरले १० हजार ‘एलियन संसार’ २ वर्षमै पत्ता लगाउने 

उत्तर अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)को नयाँ प्लानेट हन्टिङ टेलिस्कोपले धेरैभन्दा धेरै नयाँ संसार पत्ता लगाउने भएको छ । वैज्ञानिकहरुको एउटा टोली नै यस कार्यमा सहभागी छन् । ट्रान्जिटिंग


z