• २०८१ बैशाख ७ शुक्रबार

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलन्यास

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले काठमाडौँ ,लाजिम्पाट स्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास गरेको  छ । 

बैंकको सञ्चालक समितिका अध्यक्ष  भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका हुन् । बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने जनाएको छ ।  

उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहकहरु र कर्मचारीहरु उपस्थित भएका थिए  । 

बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क  अन्तर्गतको जुन सुकै बैंकको एटिएम  बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १३८ ओटा शाखाहरु रहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै