• २०८१ बैशाख ४ मंगलबार

आइसीसीले दियो नेपाली क्रिकेट संघको प्रतिबन्ध फुक्ने संकेत

kharibot

काठमाडौँ, नेपाल क्रिकेट संघको विवाद छिटो समाधान हुने संकेत देखिएको छ । शनिबार काठमाडौँमा भएको सल्लाहकार समितिको बैठक पछि आफ्नो धारणा सार्वजनिक गर्दै आसिसीले नेपाली क्रिकेटको विवाद समाधानको बाटो समातेर नया मोड लिन लागेको बताएको छ । त्यसका लागि एक महिनामा विधान पारित गरेर निर्वाचनमा जाने बाटो बनाउनु पर्ने आइसीसीको ठहर छ ।

आइसीसीले जारी गरेको विज्ञेप्तीमा सल्लाहकार समितीले सबै पक्षसंगको छलफल पछि तयार पारेको नया विधान प्रति सबै सकारात्मक रहेकाले अबको पाटो साधारण सभाबाट विधान पारित गर्नुपर्ने र त्यसपछि निर्वाचनका लागि अगाडी बढ्नुपर्ने उल्लेख गरेको छ ।

सल्लाहकार समितिले तयार पारेर झन्डै दुई महिनाअघि आइसिसीमा पठाएको क्यानको प्रस्तावित विधानमा समिति भित्रै एकमत हुन नसकेपछि थप छलफलका लागि आइसिसी प्रतिनिधि मण्डल काठमाडौं आएका थिए । आइसीसीका उपाध्यक्ष इमरान ख्वाजा र फाइनान्स मेनेजर अमर शेखको उपस्थिति भएको बैठकमा सल्लाहकार समितिका आठ मध्ये ६ जनाको उपस्थिति थियो । जसमा क्यानको साधारण सभामा भाग लिने प्रतिनिधि संख्याका विषयमा समितिमा मुख्य विवाद भएको थियो । निर्वा्चित क्यानका प्रतिनिधिले राखेको प्रस्ताव बमोजिम नै संख्यामा सहमति भएपछि अब क्यानको साधारण सभामा ६० जनाको सहभागिता रहने भएको हो ।

जसमा हरेक जिल्लाबाट एक जना प्रनिनिधिले भाग लिने पाउने छन । यस्तै प्रदेशबाट दुई जिल्ला बराबर एक प्रतिनिधि तथा विभिन्न तीन उपसमितिका समान एक एक जना गरी ६० जनाको साधारण सभामा ग्यारेन्टी गरिएको बताइएको छ । तर छलफलबाट आइसिसीले पठाएको विधानमा हरेक दुई जिल्लाबाट एक जनाको प्रतिनिधित्व माथि भने सहमती भएको थिएन । अब नयाँ विधानलाई एक महिनाको समयमा निलम्बित क्यानले पारित गरेर राष्ट्रिय खेलकुद परिषद हुदै आइसीसीलाई पठाउनु पर्नेछ । यदि विधान पास हुन नसकेमा आइसीसीले प्लान बी लाई अवलम्बन गर्नेछ । जुन नेपाल क्रिकेट संघसंग सम्बन्धीत सबैलाई प्रतिबन्ध गरेर अर्को छुट्टै समिती गठन गर्ने हुनेछ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै