मेगा बैँक र टुरिजम डेभलपमेन्ट बैँक गाभिने

खरीबोट
ad

काठमाडौँ । मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ । 

मेगा बैँकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो । 

सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गर्नुभएको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । मेगा बैैँकको प्रतिशेयर मुल्य रु १०० बराबर टुरिजम बैँकको प्रतिशेयर मुल्य ९५ कायम गरिएको छ । यस्तै टुरिजमको एक कित्ता शेयर हुने शेयरधनीले शुन्य दशमलव ९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् । 

टुरिजम बैँकसँगको मर्जर प्रक्रियापछि मेगा बैँक नेपालको सबैभन्दा बढी पुँजी भएको बैँकहरुमध्येमा पर्ने अध्यक्ष शाहले बताउनुभयो । टुरिजम बैँकले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेको थियो । 

सम्बन्धित समाचार

२८ वाणिज्य बैंकलाई कर्जा सुरक्षण कोषले गर्‍यो लगानीको अफर 

काठमाडौं । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुलाई निक्षेप तथा कर्जा सुरक्षण कोषले लगानीको अफर गरेको छ । कोषले एक वर्षीय मुुद्दतीको रुपमा ६८ करोड रुपैयाँबराबरको संस्थागत निक्षेप राख्नको लागि वाणिज्य बैंकहरुसँग

मुक्तिनाथ विकास बैंकद्धारा छात्रवृत्ति सहयोग 

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले कालिकोटको एक विद्यालयलाई एक लाख पचास हजारको छात्रवृति प्रदान गरेको छ।   बैंकको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई

सिद्धार्थ बैंकको एकै साथ ३ नयाँ शाखा

काठमाडौं । सिद्घार्थ बैंकले देशका विभिन्न स्थानहरुमा ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणीग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालयहरु सुरुवात गरेको छ । बैंकले

बैंकको क्रेडिट कार्ड देखाउनुहोस्, शून्य ब्याज र किस्ताबन्दीमा स्मार्टफोन लैजानुहोस्

काठमाडौं । एक रुपैयाँमा नै मोबाइल फोन ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रा.लि.ले दशैं, तिहार  र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेष्टिवल