• २०८१ बैशाख ४ मंगलबार

मेगा बैँक र टुरिजम डेभलपमेन्ट बैँक गाभिने

kharibot

काठमाडौँ । मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ । 

मेगा बैँकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो । 

सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गर्नुभएको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । मेगा बैैँकको प्रतिशेयर मुल्य रु १०० बराबर टुरिजम बैँकको प्रतिशेयर मुल्य ९५ कायम गरिएको छ । यस्तै टुरिजमको एक कित्ता शेयर हुने शेयरधनीले शुन्य दशमलव ९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् । 

टुरिजम बैँकसँगको मर्जर प्रक्रियापछि मेगा बैँक नेपालको सबैभन्दा बढी पुँजी भएको बैँकहरुमध्येमा पर्ने अध्यक्ष शाहले बताउनुभयो । टुरिजम बैँकले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै