• २०८१ बैशाख ८ शनिबार

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा र्यालीसहित बिभिन्न कार्यक्रम

kharibot

तस्विर : खरीबोट

काठमाडौँ ।  शान्ति र समृदीका लागी युवा भन्ने मुल नाराका साथ सत्रौ अन्तराष्ट्रिय युवा दिवस सम्पन्न भएको छ ।  

बिगतका बर्षहरुमा झै यस बर्ष पनि अन्तराष्ट्रिय युवा दिबस भब्यताको साथ सम्पन्न भएको छ । नेपालमा पनि बिभिन्न कार्यक्रम गरेर युवा दिबस मनाईयो । अन्तराष्ट्रिय युवा दिवसको अबसरमा काठमाण्डौँको भृकुटी मण्डपबाट बिभिन्न संघसंस्थाहरुले जुलुस निकालेका थिए । 

जुलुसमा युवाको हक , हित र अधिकार सम्बन्धि बिभिन्न प्लेकार्ड बोकेका युवाहरुले वाताबरण नै उमङ्गीत बनाएका थिए । भृकुटी मण्डपबाट निकालीएको जुलुस भदकाली मद्रकाली मन्दिर परीक्रमा गदै राष्टिय सभा गृहमा पुगी कोणसभामा परीणत भएको थियो ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै