• २०८१ बैशाख ७ शुक्रबार

पृथ्वीनारायण शाहपछि मेरै नेतृत्वमा ठूलो आन्दोलन र बलिदानी भयो : प्रचण्ड 

kharibot

फाइल तस्बिर

काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डले निर्वाचनबाट प्राप्त जनमतको पार्टी र नेताहरुले सम्मान गर्दै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

बिहीबार देशभक्त गणतान्त्रिक मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरुलाई जनताले जिम्मेवारीको भारी बोकाएको भन्दै देशलाई स्थिरता र विकास दिने बताएका हुन् । 

उनले वामपन्थी गठबन्धन बनाएर निर्वाचन लडेको बताउँदै त्यसलाई जनअनुमोदन भएको टिप्पणी गरे । उनले भने, अब हामी इमानदार भएर अगाडि बढ्नुपर्छ । उनले निर्वाचनले धेरै चुनौतीको समाधान दिएको पनि बताए । संविधान र कानुनको फरक व्याख्या देखिएको बताउँदै उनले भौगोलिक एकता र अखण्डताबाहेक जनमतका आधारमा अन्य कुराको समाधान गर्ने बताए । 

उनले आफूलाई पृथ्वीनारायण शाहसँग तुलना गर्दै शाहपछि आफ्नै नेतृत्वमा ठूलो आन्दोलन र बलिदान भएको बताए । त्यसले नै गणतन्त्र, संघीयता र नयाँ संविधान दिएको दाबी गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै