• २०८१ बैशाख ७ शुक्रबार

सिटी एक्स्प्रेस मनी ट्रान्स्फर र दुवईको अल फर्दान एक्स्चेन्ज कम्पनीबीच सम्झौता

kharibot

काठमाडौं / दुबईको एक प्रतिष्ठित रेमिटेन्स कम्पनी अल फर्दान एक्स्चेन्ज, दुबई र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

दुवईमा रहेका नेपालीहरुले कुनै पनि अल् फर्दान एक्स्चेन्जको ६४ भुक्तानी केन्द्रहरुमार्फत नेपालको सिटी एक्स्प्रेस मनी ट्रान्स्फरमा रकम पठाउन मिल्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो ।

त्यसरी पठाएको रकम सिटी एक्स्प्रेसको ५००० भन्दा बडी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सक्नेछन । यो सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फ बाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान  एक्स्चेन्जका सी.ई.ओ ओसामा अल् रह्माले हस्ताक्षर गरेका छन्।  यो सम्झौता पत्रमा हस्ताक्षर गर्दै  ओसामा अल रह्माले सिटी एक्स्प्रेससँग सम्झौता भएकोमा ज्यादै खुशी लागेको बताए । साथै आगामी दिनमा नेपालमा रेमिटेन्स  पठाउन झन् सहज हुने र आउने दिनमा यो सम्बन्ध अझ मज्बुद हुँदै जाने उनले बताए ।

सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जले नेपाल बाहेक अन्य देशहरुमा पनि नयाँ प्रविधी अनुसार सहकार्य गर्दै जाने समेत उनको भनाइ थियो । सिटी एक्स्प्रेसले रेमिटान्स छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि रेमिटान्स सेवा दिदै आइरहेको छ ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै