• २०८१ बैशाख ८ शनिबार

भायनेटको डाटा ह्याक गर्ने युवक बुटवलबाट पक्राउ

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौं । प्रहरीले भायनेट कम्युनिकेसनको ग्राहकको तथ्याङ्क ह्याक गर्ने युवकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले रुपन्देही तिलोत्तमा नगरपालिका १ बस्ने १७ वर्षीय युवालाई पक्राउ गरेको हो ।

ती किशोरले फेसबुक तथा ट्वीटरमा 'नरपिचास' नामक एकाउन्ट खोलेर भायनेट कम्युनिकेसनको ग्राहकको तथ्याङ्क ह्याक गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन अन्तर्गत अदालतबाट म्याद थप थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै