• २०८१ बैशाख ४ मंगलबार

एल क्लासिकोका रोचक घटना : रोनाल्डोको मुखमा मेसीको फ्री-किक 

kharibot

काठमाडौं । स्पेनिस ला लिगाको एल क्लासिकोमा गएराती भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई सजिलै पराजित गर्यो । खेलको पहिलो हाफमा रियलले केहि दबाब सिर्जना गरेपनि दोस्रो हाफमा बार्सिलोनाले खेल पूर्ण रुपमा आफ्नो पक्षमा पार्यो । 

१० खेलाडीआमा सिमित भएको रियलले केहि प्रयासहरु गरेको भएपनि गोलमा परिणत गर्न नसक्दा यो खेल मात्र हारेन यस सिजनको ला लिगा समेत गुमाउने खतरा बढेको छ ।
यस एल क्लासिकोमा यही रोचक घटनाहरु पनि भएका छन् ।

पहिलो हाफमा रोनाल्डोले केहि उत्कृष्ट मौका पाए पनि त्यसलाई गोल गर्न सकेनन् । रोनाल्डोको प्रदर्शनको हिसाबले यो खेल सम्झिन लायक भएन । 

मेसी र रोनाल्डोको भिडन्तको रुपमा लिइएको यस खेलमा मेसीले हानेको फ्री किक रोनाल्डोको मुखमा लागेपछि यसको चर्चा अहिले सामाजिक सञ्जालमा चुलिएको छ । रियल र बार्सिलोनाका पूर्वखेलाडीहरुले यसलाई मेसीको योजना अनुसार नै भएको भनेर रोनाल्डोको मजाक उडाएका छन् भने कसैले मेसी आफ्नो योजनामा सफल भएको प्रतिक्रिया दिएका छन् ।

यस क्लासिकोको अर्को घटना बार्सिलोनाका जोर्डी एल्बाले रियलका लुका मोडरीचलाई छ्क्काउदै इनेष्टालाई बल दिएको क्षण रहेको छ । अल्बाले मोडरिचलाई छल्दै बल इनेस्टालाई दिदा मोर्डरिच अलमलमा परेका थिए ।

त्यस्तै यस खेलमा खेल सुरु हुनुभन्दा र खेल भैरहेको बेलाका दुई वटा दृश्य रोचक देखिएका थिए । खेल सुरु हुनुभन्दा पहिले रोनाल्डो र मेसीले हात मात्र मिलाएनन्, गला नै मिलाएका थिए । 

त्यस्तै खेल भैरहँदा लड्न पुगेका मेसीलाई रोनाल्डोले उठाएको दृश्यले दुवैबीचको आत्मियताको झलक देखिएको थियो ।

यस बर्ष कुल ५ उपाधि जितेको रियल म्याड्रिडको बर्ष भने निराशाजनक रुपमा सकिएको छ । ला लिगा, च्याम्पियन्स लिग, स्पेनिश सुपर कप, युईएफए सुपर क र क्लब विश्वकप जितेको म्याड्रिडले अब यस सिजनको ला लिगा गुमाउने सम्भावना बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै