साहित्यकार ब्राजाकीको अवस्था सुधारोन्मुख

खरीबोट
ad

काठमाडौँ । मस्तिष्क शिरोघात (स्ट्रोक) बाट पीडित वरिष्ठ साहित्यकार मनु ब्राजाकीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । 

पाटन अस्पतालको सघन उपचार कक्ष भर्ना गरिनुभएका ब्राजाकीलाई ‘भेन्टिलेटर’बाट बाहिर निकालिएको छ । दुई पटक मस्तिष्क शिरोघातको शल्यक्रिया गराइसकेका ब्राजाकीलाई अझै एक साता चिकित्सकको निगरानीमा राखिने उनका छोरा अमितसिंह भण्डारीले जानकारी दिए । 

ब्राजाकीको उपचारका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले रु ३५ हजार उपलब्ध गराएको थियो । उहाँको उपचारका लागि साहित्यकारले राज्यस्तरबाट थप सहयोग हुनुपर्ने आग्रह गरेका छन् । 

सम्बन्धित समाचार

साहित्यकार मनु ब्राजाकीको निधन

काठमाडौँ / साहित्यकार मनु ब्राजाकीको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको  छ । उनको निधनबारे साहित्यकार सुनिल पुरीले जानकारी दिएका हुन्  । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

कथाकार मनु ब्राजाकीको अवस्था गम्भीर

काठमाडौँ ।  मस्तिष्क शिरोघात (स्ट्रोक) पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ ।  दुई पटक मस्तिष्क शिरोघात (स्ट्रोक) शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि चापेपछि


z