यस्तै हुनसक्छ सूर्यको अन्तिम क्षण, एउटा तस्बिरले खोल्यो ताराको मृत्यु रहस्य !

खरीबोट

तस्बिर : ESA

ad

युरोप / खगोलविद्हरुले एउटा ताराको विनाश हुनुअघिको तस्बिर खिच्न सफल भएका छन् । ग्रुस नामक तारामण्डलको एउटा ताराको अन्तिम समयको दुर्लभ तस्बिर युरोपेली अन्तरिक्ष संस्था (ईएसए)ले खिचेको हो । उक्त तारा पृथ्वीबाट ५३० प्रकाश वर्ष टाढा रहेको छ । 

उत्तरी चिलीस्थित एउटा मरुभूमिमा रहेको विशाल टेलिस्कोपको सहायतामा यस्तो दुर्लभ तस्बिर लिइएको हो । यस्तो तस्बिर लिइएको यो नै पहिलो पटक हो । वैज्ञानिकहरुका अनुसार अबको पाँच बिलियन वर्षको बीचमा हाम्रो आफ्नै ग्रहले पनि सोही चुनौती सामना गर्नुपर्नेछ । 

तस्बिर लिइएको ताराको नाम पि१ ग्रुस रहेको छ । उक्त तारा पनि हाम्रो सूर्यजस्तै रहेको उनीहरुको कथन छ । तर यो तारा सूर्यभन्दा ३५० समय ठूलो र उत्तिकै चम्किलो रहेको छ ।

  • एसडीओले खिचेको सूर्यको सतहको तस्बिर । तस्बिर : नासा 

खगोलविद्हरुका अनुसार तारामा देखिएको राता फोका र धर्साहरुभित्रका कोशहरु जुन तरल र ग्यास मिलेर बनेको संरचनाको घनत्वका फरक आयामहरु हुन् भने यसले ताराको सतहलाई ढाक्नेछ । यस्ता हरेक कोशहरु ७५ मिलियन माइलको फैलावटमा अर्थात् ताराको पूर्णव्यासको एक भाग रहेका छन् । 

प्रारम्भिक अवस्थामा तारा निकै खुम्चेको भए पनि पछि यसको तापक्रम १०० मिलियन डिग्रीसम्म पुगेर यसभित्रको हाइड्रोजन इनर्जीको बाँकी भण्डारण समेत जलेको हुनसक्ने वैज्ञानिकहरुको बुझाइ छ ।

  • सूर्यको सतह । तस्बिर : GETTY IMAGES

अर्थस्काई डट ओआरजीमा विश्लेषण गरिएअनुसार यस्तो अत्यधिक तापक्रमकै कारण ताराको अर्को फेज जुन यसमा रहेको हेलियमलाई कार्बन र अक्सिजनलाई बाक्लो अणुहरुसँग जल्न सुरु भयो । 

यसले ताराको बाहिरी सतहलाई नाश गरिरहेको सूचक हो । खगोलविद्हरुले कुनै पनि ग्रहको अन्तिम अवस्थामा यसभित्र हुने क्रियाप्रतिक्रियालाई तस्बिरमार्फत कैद गर्नसकेको यो नै पहिलो भएको बताएका छन् ।

सम्बन्धित समाचार

सूर्यविनायकमा अनुगमन – गुणस्तरहीन मासु बिक्री

भक्तपुर। सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ ।  आज सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु

शिक्षामा पुर्याएको योगदानबापत कार्कीको सम्मान गर्दै फेसबुक

काठमाडौँ । फेसबुक कम्युनिटी लिडरसिप प्रोग्राम २०१८ अन्तर्गत फेसबुकले संखुवासभा जिल्लाका सूर्य कार्कीलाई सामुदायिक शिक्षामा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गर्ने भएको छ । कार्की हाल युनाइटेड वर्ल्ड स्कुल्स नेपालका संस्थापक, क्षेत्रीय

भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम फेला 

भक्तपुर। सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ ।  नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

काठमाडौँ / एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो । जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र


z