• २०८१ बैशाख ७ शुक्रबार

एनआईयूको एमक्युआइ प्लस इ-स्कुटर नेपाली बजारमा 

kharibot

काठमाडौं । विश्वमा इलेक्ट्रिक स्कुटरको पहिलो नम्बरमा रहेको ब्राण्ड  एनआईयू स्कुटरले एनआईयू एमक्युआइ प्लस लन्च गरेको छ एनआईयूले आफ्नो नेक्स्ट जेन इ-स्कुटरलाई नेपाली प्रयोगकर्तालाई ध्यान राख्दै विभिन्न ड्राइभिंग मोड तथा दोश्रो यात्रीको लागि थप स्पेसको डिजाइन भएको छ ।

एमक्युआइ प्लस, स्कुटरमा रिमुभएबल ४८ भी ३१ ए एच लिथियम आयन ब्याट्री रहेको छ ।यसमा बोसको १५०० वाटको इलेक्ट्रिक मोटर रहेको छ भने यसले ४५ किलोमिटर प्रति घण्टाको उच्चतम गति दिनेछ र करिब ६ देखि ७५ किलोमिटरको रेन्जमा रहेको छ ।

रोबस्ट फ्रेममा रहेको एमक्युआइ प्लसले आत्मविश्वास उच्च बनाउनेछ । लिथियम ब्याट्री र बोस मोटोरको संयोजनमा एमक्युआइको निर्माण भएको छ । रोबस्ट फ्रेममा रहेको एमक्युआइ प्लसले आत्मविश्वास उच्च बनाउनेछ । लिथियम ब्याट्री र बोस मोटोरको संयोजनमा एमक्युआइको निर्माण भएको छ ।  पाँच रंगमा उपलब्ध रहेको यस स्कुटरको मूल्य २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । 

नयाँ अपग्रेड मार्कले कम्पनीको प्रतिबद्दता पुरा गर्दै इ-स्कुटरलाई स्थानीय मार्केटको लागि तयार गरेको छ । सबै स्कुटरहरुलाई प्रिपेड सिम कार्ड स्लटको व्यवस्था राखिएको छ जसमा २४ घण्टा र हप्तामा सात दिन नै न्यु एप संग कनेक्सन रहेको हुन्छ ।

एनआईयू एपको बारेमा :
यस एपले रियल टाइम इन्ल्टेलीजेन्स जस्तै जीपीएस र एन्टी थेप्ट को सुविधा दिएको छ ।यसमा ट्रयाकिंग, रिमोट ट्रयाकिंग, स्कुटर डायगनस्टिक्स र हेल्प सेन्टर पनि रहेको छ ।सन् २०१५ मा लन्च भए देखि अहिलेसम्म न्युले विश्वव्यापी रुपमा सात मिलियन स्कुटर बिक्रि गरिसकेको छ जसले ४० राष्ट्रहरुमा सात बिलियन किलोमिटर गुडीसकेको छ ।नेपाली सडकमा आठ सय युनिट चलिसकेको छ भने अहिले यो शाक्य इभि इन्डस्ट्रिमा लन्च भएको छ ।यस स्कुटर प्रयोग गर्दा इन्धनको खर्च र सर्भिसिंग मुल्यमा बचत गर्न सक्छन् ।

यस स्कुटरले वातावरणमा प्रदुषण कम गर्नुको साथै पेट्रोलको लाइनमा बस्ने समय बचत र तनाव कम गर्दछ । “नयाँ लन्च भएको एमक्युआइप्लस सहित न्युको विभिन्न रेन्जको इ-स्कुटर, इ-साइकल, बाइसाइकल सहित न्युले ग्राहकको धेरै रोजाईमा  र प्रोडक्टले शहरी मोबिलिटीमा सबैलाई सन्तुष्ट बनाउने इको इन्फिनिटीका निर्देशक प्रगुन राजभण्डारीले बताएका छन् ।

न्युका प्रोडक्टहरु सफा र सजिलो तरिकाले सवारी साधनको उपयोगमा सहज हुनेछ । न्यु नेपालमा पहिलो इ-स्कुटरको नम्बर प्लेट प्राप्त गर्न सफल ब्राण्ड हो ।
अहिले यसको दुई शोरुम रहेका छन्, एउटा दरबारमार्गमा र अर्को झम्सीखेलमा रहेको छ ।यसलाई आठवटा ए क्लासको बैंकले फाइनान्स गरेको छ भने यो पक्कै पनि अटोमोबाइल इन्डस्ट्रिमा नयाँ युगको शुरुवात पनि हो ।


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै