• २०८१ बैशाख ८ शनिबार

सर्वोच्चद्वारा विजय गच्छदारको निर्वाचन क्षेत्रको मतपत्र पेश गर्न आदेश 

kharibot

काठमाडौं । सर्वोच्च अदालतले सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य चुनावको मतपेटिका मतपत्र पेश गर्न आदेश दिएको छ । 

नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरु कागजात पेश गर्न आदेश दिएको हो ।

शुक्रबार प्रधानन्यायाधीश गोपाल पराजुलीसहित दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले मतपत्रसहित अरु कागजात ल्याउन भनेको हो । 

सुनसरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छादार ३२१ मत अन्तरले विजयी भएका थिए । 

गच्छादारले मिलोमतोमा आफूलाई धाँधली गरेर पराजित गरेको भन्दै चौधरीले गत मंगलबार सर्वोच्च अदालतमा पुनः गणनाको माग गर्दै रिट हालेकी थिइन् । 

चुनावसम्बन्धी मुद्दा संवैधानिक इजलाशले सुनुवाई गर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्चले निर्वाचित हुनुभएका विजय गच्छादारको शपथग्रहण रोक्ने कि नरोक्ने भन्ने विषयमा छलफल गर्न आगामी पुस २१ गते दुवै पक्षलाई बोलाएको सर्वोच्चले जानेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै