• २०८१ बैशाख ७ शुक्रबार

मोहन वैद्यको चेतवानी- क्रान्ति पुरा भएको छैन, फेरी बन्दुक उठ्छ

kharibot

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले फेरि बन्दुक उठ्ने चेतावनी दिएका छन् ।

आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठन तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा नेता किरणले क्रान्ति पुरा नभएको भन्दै फेरी बन्दुक उठ्नसक्ने चेतावनी दिएका हुन् ।

नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना अहिले नरहेको उनले बताए ।

प्रधानमन्त्री केपी ओलीले दिएको सबै पार्टीहरु संसदीय मूलधारमा आएकोले अब देशमा शान्ति भएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै वैद्यले अझै बन्दुक उठ्ने बताए ।

उनले भने, ‘संसदवादी मूलधारमा छैनन् । हामी छैनौँ । यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । प्रधानमन्त्रीजीले अब शान्तिको नयाँ युग सुरु भो भन्नुभयो । यो झुट हो । विप्लवजीहरुले सम्झौता गर्ने वित्तिकै शान्तिको युग उहाँहरुले भनेजस्तो सुरु भएको छैन ।'

उनले अगाडी भने, ' यहाँका समस्याहरु हुन, जबसम्म समाधान हुँदैन तबसम्म शान्तिको युग सुरु हुँदैन । सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिस्ट नामधारीहरु शहीदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ? '  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै