• २०८१ बैशाख ८ शनिबार

सुपरस्टार रजनीकान्तद्वारा नयाँ पार्टी खोलेर राजनीतिमा आउने घोषणा 

kharibot

मुम्बई । दक्षिण भारतका चर्चित अभिनेता रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन् । 

रजनीकान्तले आइतबार चेन्नईमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन् । रजनीकान्तले तामिलनाडु राज्यको आगामी विधान सभा निर्वाचनमा राज्यका सबै २३४ क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने घोषणा गरेका छन् । उनले समय अभावका कारण स्थानीय चुनाव भने नलड्ने बताएका छन् ।

रजनीकान्तले अहिले लोकतन्त्र खतरामा परेकोले आफु राजनीतिमा आएको बताउदै आफुले असल शासन दिने बताए । उनले तामिलनाडुको राजनीतिलाई देशमा मजाक  बनाइएकोले आफु त्यसलाई सुधार्न राजनीतिमा आएको बताए । 

६७ बर्षिय दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले बलिवुडका कैयौ फिल्ममा पनि अभिनय गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै