• २०८१ बैशाख १४ शुक्रबार

मिस युनिभर्स अंशिकाको एजुकेशन वेलफेयर फाउण्डेशन, सबैका लागि गुणस्तरीय शिक्षा अभियान चलाउने

kharibot

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माले बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न टेवा पुर्याउन १० लाख राशीको 'अंशिका एजुकेशन वेलफेयर फाउण्डेशन' को स्थापना गरेकी छन् ।

शर्माले फाउण्डेशनमार्फत आफ्नो गृहनगर झापाका १४ बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्राप्त  गर्नमा आवश्यक टेवा पुर्याउने बताएकी छन् । उनले मिस युनिभर्स नेपाल २०२० बाट प्राप्त सम्पूर्ण पुरस्कार राशि फाउण्डेशनको ट्रस्ट कोष स्थापना गर्न प्रारम्भिक रकमको रूपमा प्रयोग गरेकी छन् ।

झापाका ४ विभिन्न विद्यालयबाट छनौट भएका १४ बालबालिकाहरुले विद्यालय शुल्क, पोशाक, पाठ्यक्रम सामग्री, पौष्टिक खाना, आवास, यात्रा, बालिकाको स्वास्थ्य सम्बन्धी औषधी जन्य सामग्री, लगायत गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक अन्य आधारभूत श्रोत र साधनहरु अंशिका शिक्षा कल्याण फाउण्डेशनको कोष मार्फत सहायता स्वरूप प्राप्त गर्ने छन् ।

यसअघि अंशिका र उनका साथीहरूले जुम्लामा १० जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

मिस युनिभर्स नेपालको क्राउन र १० लाखको जितपछि उनी आफ्नो उद्देश्यलाई विस्तार गर्दै १० लाखको पुरस्कार राशी गृहनगर झापामा विपन्न विद्यार्थीहरूलाई सहयोग गर्न कोषको रूपमा प्रयोग गर्ने निर्णय गरेकी हुन् । 

हालका लागि फाउण्डेशनको कार्यक्षेत्र झापा जिल्लामा केन्द्रित रहने उनले बताएकी छन् । आंशिकाले वकालत गर्दै आएको 'सबैका लागि गुणस्तरीय शिक्षा' अभियानको उद्देश्य अल्पसंख्यक, अनाथ, र अशक्तता भएका विपन्न बच्चाहरुको उत्थान गर्ने रहेको छ ।

कोषमा लगानी भएको रकमको मुद्दती बचतमा प्राप्त ब्याजदरबाट विद्यार्थीहरुले विद्यालय शुल्क, पोशाक, पाठ्यक्रम सामग्री, पौष्टिक खाना, आवास, यात्रा, बालिकाको स्वास्थ्य सम्बन्धी औषधी जन्य सामग्री, लगायत गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक अन्य आधारभूत श्रोत र साधनहरु सहायता स्वरूप प्राप्त गर्ने छन्। भविष्यमा यो प्रतिष्ठानले शौचालय,स्वच्छ पिउने पानी र विद्यार्थीहरूको लागि सीप प्रशिक्षण जस्ता सुविधाहरूलाई प्रोत्साहित गर्ने लक्ष्य पनि राखेको छ।

आफ्नो फाउन्डेसन र त्यहाँको विद्यालयहरूसँग सम्बन्ध स्थापना गर्न अंशिकाले फेब्रुअरीको मध्यतिर  गृहनगर झापा भ्रमण गरेकी थिइन् । विद्यालयहरू भ्रमण गरेर त्यस क्षेत्रका बालबालिकासँग कुराकानी गरिसकेपछि उनले ४ विभिन्न विद्यालयबाट आर्थिक अवस्थाको कारण पढाई छोड्ने अवस्थामा पुगेका १४ जना बालबालिकाहरु छनौट गरेकी थिइन् ।

मिस युनिभर्स नेपाल, ब्रेभ बोल्ड ब्युटीफुल प्रालिद्वारा प्रस्तुत एक समावेशी र सुलभ ब्रान्ड हो जसले पृष्ठभूमि, मूल्य-मान्यता, लैंगिक पहिचान र यौनिकता भएका नेपाली महिलाहरूलाई स्वागत गर्दछ। हामी प्रतिभावान नेपाली महिलाहरूलाई उनीहरु भित्रको सामर्थ्यसँग सामना गर्न र आफ्नो भविष्य अंगाल्न सशक्त बनाउनमा कार्यरत रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै