एमाले अध्यक्ष केपी ओलीको चुनावी खर्च २४ लाख मात्र

खरीबोट
ad

बनियानी, झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । 

गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिनुभयो । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए । 

शीर्ष नेतातर्फ झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नं ५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, क्षेत्र नं १ बाट नेकपा(माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्की र सोही क्षेत्रबाट काँग्रेसका नेता विश्वप्रकाश शर्माले आआफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । 

एमाले अध्यक्ष ओलीले रु २४ लाख एक हजार १६०, काँग्रेस नेता सिटौलाले रु २२ लाख ६८ हजार, माओवादी केन्द्रका नेता कार्कीले रु २४ लाख १० हजार र काँग्रेस नेता शर्माले रु २१ लाख ६८ हजारको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

त्यसैगरी क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका डा खगेन्द्र अधिकारीले रु २४ लाख ७५ हजार, क्षेत्र नं ४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले रु २३ लाख ६३ हजार, क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले रु छ लाख ५० हजार, क्षेत्र नं ४ बाट एकीकृत राप्रपा (राष्ट्रवादी)का तेजबहादुर थापाले रु तीन लाख पाँच हजार, क्षेत्र नं ३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले रु ६३ हजार, क्षेत्र नं २ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले रु ६५ हजार र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले रु एक लाख नौ हजार २०० खर्च भएको विवरण पेश गरेका छन् । 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले रु २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले रु १५ लाखसम्म खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको थियो । 

सम्बन्धित समाचार

साढे ३३ किलो सुन प्रकरण : गोरेको बयानका आधारमा तत्कालीन एमालेका स्थानीय नेता पक्राउ 

काठमाडौँ । साढे ३३ किलो सुन प्रकरणमा प्रहरीले तत्कालीन एमालेका मोरङका एक स्थानीय नेतालाई पक्राउ गरेको छ ।  प्रहरीले गएराती मोरङ उर्लावारीका रेवत आचार्यलाई पक्राउ गरेको हो । सुन प्रकरण र सनम

नेपाल कम्युनिष्ट पार्टीमा एमालेबाट ४२ केन्द्रीय सदस्य टुंगिए, को को परे ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमाले तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ ।  नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले

एमाले—माओवादी एकता : एउटा जुगको अन्त्य !

एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ   गायक रामकृष्ण दुलालले गाएको यो गीत मैले पटक–पटक सुनेको छु । यो गीत सुन्दा मलाई मात्र होइन, मेरै उमेरका तमाम नौजवान

प्रचण्ड कसरी बन्लान् एमाले कार्यकर्ताको नेता ?  

काठमाडौँ । तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी बनेपछि एकाएक राजनीतिक वृत तरंगित बनेको छ । सबैको अनुमान र विश्लेषणलाई गलत साबित गर्दै पार्टी एकीकरण गरेपछि


z