काठमाडौँ । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा राजधानीको त्रिचन्द्र क्याम्पस नजिकै झडप भएको हो । प्रहरीले विद्यार्थीहरुले ढुङ्गा प्रहार गरेपछि लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको छ ।
प्रदर्शनमा प्रधानमन्त्री देउवाको राजीनामा मागिएको थियो भने निर्वाचनको परिणाम छिटो सार्वजनिक गर्न माग गरिरहेका थिए । नाराबाजीका बीच प्रहरीले लाठी चार्ज गरेको बताइएको छ ।
प्रहरीको आक्रमणबाट दर्जनौँ विद्यार्थी घाइते भएका छन् । झडपमा प्रहरीतर्फ पनि घाइते भएको बताइएको छ ।