• २०८१ बैशाख ६ बिहीबार

शारीरिक व्यायाम गर्दा मानिसलाई जस्तै पसिना आउने रोबोट !

kharibot

टोकियो । वैज्ञानिकहरुले यस्तो रोबोट बनाएका छन्, जसले व्यायाम गर्दा उसको शरीरमा पसिना आउँछ । मानवजस्तै यो रोबोटले सेटअप र पुसअप जस्ता कठिन शारीरिक व्यायाम गरिदिन्छ । अचम्मको कुराचाहिँ उसले व्यायाम गर्दा आउने पसिना हो । रोबोटले यी सबै गर्दा उसको शरीरमा मान्छेको जस्तै खलखल्ती पसिना आउँछ । 

किन आउँछ त रोबोटको शरीरबाट पसिना ? खासमा भन्नुपर्दा यो रोबोटमा एउटा कृत्रिम प्रणाली जडान गरिएको हुन्छ जसको कारण यसले व्यायाम गर्दा पसिना आउँछ । यो प्रणाली मान्छेको शारीरिक प्रणालीमा जस्तै काम गर्छ ।

जापानको युनिभर्सिटी अफ टोकियोका वैज्ञानिकहरुले यस्तो रोबर्ट तयार गरेका हुन् । यसको नाम कंगारो हो । जसलाई क्र्यास टेष्टमा प्रयोग गर्न सकिनेछ । यसबाहेक यो रोबोटलाई खेलाडीहरुको मांसपेशीको विश्लेषण गर्ने काममा पनि लगाउन सकिनेछ । 

वैज्ञानिकहरुको टोलीले पछिल्लो केही वर्षयता मानवजस्तै रोबोट विकसित गर्न लागिपरेका थिए । कंगारो रोबोट २००१ मा विकसित गरिएका रोबोटहरुकै उन्नत संस्करण हो । यो रोबोटलाई जब मानिसलाई जस्तै पसिना आउँछ, यसले धेरै तापक्रम हुनबाट पनि बचाउने वैज्ञानिकहरुको कथन छ ।

यो रोबोटले मानिसले जस्तै धेरै शारीरिक अभ्यास र यताउती चल्न सक्छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै