• २०८१ बैशाख ८ शनिबार

ब्राजिलबाट युरोपमा खेल्ने उत्कृष्ट खेलाडीको अवार्ड नेइमारले जिते, कोन्टिन्हो दोस्रो र मर्सेलो तेस्रो  

kharibot

काठमाडौँ । पिएसजीका ब्राजिलियन प्लेमेकर नेइमार तेस्रो पटक युरोपको उत्कृष्ट ब्राजिलियन खेलाडी बनेका छन् ।

नेइमारले यस अघि यो अवार्ड सन् २०१४ र २०१५ मा पनि जितेका छन् । यस अवार्डका लागि सर्वसाधारण, पुर्व खेलाडी र पत्रकारहरुले भोट गरेका थिए ।

नेइमारले २७.७१ प्रतिशत मत प्राप्त गर्दै सो अवार्ड जितेका छन् । यस अवार्डको दोस्रो स्थानमा ब्राजिलका लिभरपुलबाट खेल्ने अर्का प्लेमेकर फिलिप कोन्टिन्हो आएका छन् । उनले १६.६४ प्रतिशत मत प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रियल म्याड्रिडबाट खेल्ने मार्सेलोले ल्याएका छन् । उनले १३.४३ प्रतिशत मत प्राप्त गरेका छन् भने बार्सिलोनाबाट खेल्ने पउलहिन्होले १३.६४ प्रतिशत मत ल्याउदै चौथो स्थानमा रहेका छन् ।

त्यस्तै रियल म्याड्रिडबाट खेल्ने केसेमिरोले ७.१९ प्रतिशत ल्याउदै पाचौ स्थानमा, म्यानचेस्टर सिटीबाट खेल्ने गाब्रियल जिससले २.७४ प्रतिशत मत ल्याएर छैठौ स्थानमा आएका छन् । त्यस्तै चेल्सीबाट खेल्ने विलियनले २.६३ प्रतिशत मत ल्याउदै सातौ स्थानमा, फ्रेन्च लिगबाट खेल्ने मालकमले २.०३ प्रतिशत मत ल्याउदै अठौ स्थानामा छन् । 

त्यस्तै चेल्सीबाट खेल्ने डेभिड लुइजले १.६४ प्रतिशत मत ल्याउदै नवौ स्थानमा रहेका छन् भने म्यान्चेस्टर सिटीबाट खेल्ने गोल किपर एण्डरसनले १.५७ प्रतिशत मत ल्याउदै दशौ स्थानमा रहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै