• २०८१ बैशाख १४ शुक्रबार

गुल्मी पुगेर प्राधिकरण प्रमुख भुसालले भने - वर्षात अगाडि ६० प्रतिशत घर बनाउँछौं

kharibot

गुल्मी / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी मनसुनसम्म भूकम्पपीडितको ६० प्रतिशत घर निर्माण भइसक्ने बताएका छन्  । सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक पुगेपछि भूकम्पपीडितमा उत्साह थपिएकोे र पुनःनिर्माणले पनि गति लिएको उनले भने  । 

भूकम्पपीडितका गुनासा सुन्न र समस्या समाधान गर्ने उद्देश्यले स्थलगत अनुगमनका क्रममा प्राधिकरणको एक टोलीसहित एकसाता लामो जिल्ला भ्रमणमा निस्किएका कार्यकारी अधिकृत भुसालले गुल्मीमा लाभग्राही, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सञ्चार माध्यमसँगको अन्तक्र्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् । 

कतिपय ठाउँमा प्राविधिकहरु समयमा जान ढिलो गरेका कारण पीडितले आफ्नै तरिकाले घर बनाइसकेको हुँदा त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारेमा पनि पुनःनिर्माण प्राधिकरणले केही पुनर्विचार गर्न लागेको उनले बताए । 

प्राधिकरणले गति लिन नसकेको मूल समस्या भनेको प्राविधिक कर्मचारीहरु स्थानीय तहमा गएर भूकम्पपीडितलाई दोस्रो किस्ता निकाल्नका लागि सहजीकरण गर्न नसकेको उनको भनाइ थियो । उक्त समस्या समाधानका लागि अहिले गाउँपालिका र नगरपालिकाअन्तर्गत कर्मचारी खटाइसकेको र प्राविधिकले गाउँगाउँमा पुगेर आफ्नो काम शुरु गरेको हुँदा अहिले पुनःनिर्माणले तीव्रता लिएको उनको दाबी थियो । अनुगमनका क्रममा कतिपय ठाउँमा कामदारको अभाव रहेको देखिएको भुसालले बताए । 

गुल्मीमा लाभग्राही सूचीमा परेका भूकम्पपीडितको संख्या चार हजार १४४ रहेकामा हालसम्म तीन हजार ५६८ जनाले पहिलो किस्ताबापतको रकम सम्झौता गरेर लगिसकेको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंंकरप्रसाद गौतमले जानकारी दिए । 

जिल्लाको मदाने, धुर्कोट, तम्घास र पूर्तिघाटमा सम्पन्न अन्तक्र्रिया एवं छलफल कार्यक्रममा लाभग्राही एवं स्थानीय जनप्रतिनिधिले पुनःनिर्माण कार्य ढिलो भएको बताउँदै यसलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै