• २०८१ बैशाख ७ शुक्रबार

इजरायलले सैनिकलाई किन दिन्छ सरोगेट सेक्स थेरापीको सुबिधा ?

kharibot

प्रतिनिधि तस्वीर/बिबिसीबाट

काठमाडौँ । विश्वको थुप्रै देशमा सरोगेट सेक्स थेरापीको विषयमा विवाद चलिरहेको छ त्यसैले यसको धेरै प्रयोग हुँदैन । तर इजरायलमा सेनालाई सरोगेट सेक्स थेरापी गर्ने खर्च सरकारले उपलब्ध गराउदै आएको छ ।

गम्भीर रूपमा घाइते र यौन पुनर्वासको आवश्यकता भएका सेनालाई यस सुविधा उपलब्ध छ । सरोगेट सेक्स थेरापी अन्तर्गत बिरामीलाई कुनै पनि यस्तो व्यक्ति हायर गर्न सक्नेछन् जसले उनीहरूको यौन सहकर्मी जस्तो व्यवहार गर्नेछन् ।

इजरायली सेक्स थेरेपिस्ट(यौन चिकित्सक) रोनित अलोनीको तेल अवीवको कन्सलटेशन रुम पनि त्यस्तै छ जस्तो मानिसहरुले कल्पना गरेका हुन्छन् । कोठामा सानो आरामदायी सोफा र भित्तामा महिला र पुरुषको गोप्यअंगको रेखाचित्र टाँगिएको छ । रोनित यसको प्रयोग आफ्नो ग्राहकलाई बुझ्नको लागि प्रयोग गर्दछन् ।

अलोनीका यस कोठामा पैसा तिरेर सरोगेट पार्टनरसँग यौन सम्बन्ध कायम राख्न सिकाउँछन् जसको मतलब यौन सम्बन्ध कसरी  राख्ने भन्ने सिकाउँछन् । अलोनी भन्छिन्, “यो कोठा होटेलको कोठा जस्तो होइन, यो घर जस्तो देखिन्छ , कुनै अपार्टमेन्ट जस्तो, यहाँ खाट छ र सिडी प्लेयर पनि छ, कोठा संगैको बाथरुममा नुहाउनलाई सावर पनि छ , कोठाको भित्तामा कामुक पेंटिंग पनी छ ।”

सरोगेट सेक्स थेरापी किन वेश्यावृति होइन?

अलोनी भन्छिन्, सेक्स थेरापी एक कपल (जोडी) को थेरापी हो पार्टनर बिना यो प्रक्रिया पुरा हुन सक्दैन । सरोगेट महिला वा पुरुष यहाँ पार्टनरको भूमिका निभाउनको लागि राखिन्छ । तर आलोचकहरू यसलाई वेश्यावृति रूपमा देख्ने गरेका छन् ।

इजरायलमा यसलाई केही अनुमति मिलेको छ र सरकारले यौन क्षमतामा चोटको असर परेको घाइते सैनिकको लागि सरोगेट सेक्स थेरेपीको पुरै खर्च उठाउने गर्दछ । अलोनी भन्छिन्, “ मानिसले यसलाई बुझ्नुपर्छ की उनीहरु कसैलाई आनन्द प्रदान गर्न सक्छन् र अरुबाट आनन्द पनि लिन सक्छन् ।”

अलोनीले सेक्सुअल रिह्याबिलिटेशन पीएचडी गरेकी छिन् । उनी विश्वासको साथ भन्छिन्, “मानिस यहाँ थेरापीको लागो आउने गर्दछन्, आनन्दको लागि होइन, यसमा वेश्यावृति जस्तो केही हुँदैन ।”

सेक्स थेरापीमा के सिकाइन्छ ?

उनी भन्छिन्, “ सेक्स थेरापी सेशनको ८५ प्रतिशत भाग आत्मीयता सिकाउनु हो । यसमा आत्मीयता कायम गर्ने तरिका बताइन्छ । उनीहरुलाई एकअर्का को करिब आउने, स्पर्श, छुने तरिका, शारीरिक आदानप्रदान र आत्मीयता संवाद कायम गर्ने तरिका बताइन्छ । यस प्रक्रिया त्यस बिन्दुमा हुन्छ जहाँ मानिस यौन सम्बन्ध बनाउनको लागि तयार हुन्छन् ।

मिस्टर ए - उनी आफ्नो नाम यही भन्न रुचाउँछन्) इजरायलमा केही महिना पहिला यस्तो सैनिक मध्ये एक थिए जसको सरोगेट थेरापीको खर्च रक्षा मन्त्रालयले दिएको थियो ।

इजरायलको रिजर्भ फोर्समा रहेका मिस्टर ए ३० वर्ष पहिला दुर्घटनामा परेर उनको पुरै जीवन परिवर्तन भएको थियो । उचाइबाट खसेको कारण उनको कम्मरको तल्लो भागमा पक्षाघात भएको थियो । जसको कारण उनी पहिलाको जस्तै यौन सम्बन्ध बनाउन सक्षम थिएनन् ।

उनी भन्छन्, “ घाइते भएपछि मैले आफूलाई गर्न चाहेको कार्यहरूको लिस्ट बनाए, मलाई आफैले नुहाउन, खान, गाडी चलाउन र यौन सम्बन्ध बनाउन सिक्नु थियो ।” मिस्टर ए विवाहित हुन् र उनको दुई बच्चा पनि छन् । तर उनको श्रीमती डाक्टर र थेरापिस्टसंग सेक्स सम्बन्धी कुराकानी गर्न सहज छैनन् ।

मिस्टर ए ले उनलाई अलोनीको सहयोग लिन प्रोत्साहित गरे । उनी भन्छन्, अलोनीले हरेक सेशनको पहिला र पछि उनको सरोगेट पार्टनरलाई निर्देशन र फिडब्याक दिएका छन् ।

मिस्टर ए भन्छन्, “सरोगेट सेक्स थेरेपीमा शुरुवातमा सबै सिकाइन्छ जसमा पार्टनरलाई छुन र विस्तारै प्रक्रियामा अगाडी बढ्न शुरू हुन्छ र अन्तिममा चरम यौन अनुभूतिसम्म पुग्छ ।” मिस्टर ए को दृष्टिकोणमा सरकारको तर्फबाट उनको साप्ताहिक सरोगेट सेक्स थेरापीको खर्च उठाउने व्यवस्था सही हो ।

उनी भन्छन् कि सरकार हाम्रो पुनर्वासको दोश्रो भागको खर्च दिए यसको खर्च पनि समावेश हुन्छ । आजको दिन सम्म तीन महिनाको उपचार कार्यक्रमको खर्च पाँच हजार चार सय डलर रहेको छ ।

उनी भन्छन्, “ सेक्स थेरापीमा जाने मेरो जीवनको लक्ष्य होइन वास्तवमा घाइते थिए र जीवन जिउन चाहन्थे, जीवनको हरेक भागको पुनर्वास होस् । उनी भन्छन्, “म आफ्नो सरोगेट प्रेममा परिन, म विवाहित थिए, सेक्स जीवनको एउटा भाग हो ।”

इजरायली मानिसमा सकारात्मक तरिकाले सफल हुँदै सेक्स थेरापी 

अलोनीको क्लीनिकमा हरेक उमेर समूह र ब्याकग्राउण्डका मानिस चुपचाप आउने गर्दछन् । तर उनी दुर्घटनामा परेका बिरामीलाई पहिलो प्राथमिकता दिन्छिन् । किनभने उनले शुरुवातमा आफन्तलाई यस्तै दुर्घटनाको सिकार भएको र अपांग भएको देखेकी छिन् । जसमा उनको पाइलट बुबा पनि रहेका छन्, एक विमान दुर्घटनामा उनको मस्तिष्कमा ठुलो चोट लाग्यो ।

उनी भन्छिन्, “ आफ्नो पुरै जीवन यस्तो मानिसको वरपर बित्यो जो विभिन्न प्रकारले अपांगताको शिकार भएका थिए । जसमध्ये कतिपय राम्रो तरिकाले पुनर्वास भए जसको कारण म भित्र आशावादी दृष्टिकोण छ ।” न्यूयोर्कमा आफ्नो पढाईको क्रममा अलोनीको भेट एउटा सरोगेटसँग भयो जसले शारीरिक रूपमा अ:शक्त मानिसको सहयोग गर्दै थिए ।

जब १९८० को दशकमा उनी इजरायल फर्किन् तब उनले शीर्ष धार्मिक नेताहरु सँग सेक्सुअल सरोगेटको प्रयोगको लागि अनुमति मागिन् र एक किबूत (बस्ती) को पुनर्वास केन्द्रमा थेरापी दिन शुरुवात गरिन् ।

तर ती धार्मिक नेताहरुको एउटा सर्त थियो कि कहिले पनि विवाहित पुरुष वा महिला सरोगेट बन्नेछैन । अलोनीले अहिले सम्म यस नियमको पालना गर्दै आएकी छिन् ।

समय सँगै उनलाई सरकारसँग जोडिएको निकाय र सङ्गठनको पनि समर्थन प्राप्त हुन थाल्यो ।

उनको क्लिनिकमा सरोगेट सेक्स थेरेपी लिइसकेका हजार मध्ये दरजनौं मानिस सेनामा लामो समय सम्म काम गर्ने क्रममा घाइते भएका छन् र उनीहरूको शारीरिक चोट जस्तै ब्रेन ट्रमा र मेरुदण्डको हड्डीमा चोटको शिकार भएका थिए । उनीहरूको खर्च सरकारले उठाउँदै आएको छ ।

अलोनीको अनुसार इजरायलको परिवार केन्द्रित संस्कृति र सेना प्रति यसको व्यवहार उनको पक्षमा काम गर्दछ । उनी भन्छिन्, “ जब यस देश बन्यो तब युद्द जस्तो स्थिति बनिरह्यो, यहाँ घाइते हुने र मृत्यु हुनेको बारेमा सधैं समाचारमा आउँछ र यस्तो व्यक्तिलाई क्षतिपूर्ति दिने बारेमा यहाँको सर्वसाधारणको व्यवहार निकै सकारात्मक रहेको छ ।”

कस्तो हुन्छ सेक्स थेरापीमा सरोगेटको जीवन ?

सेराफिना, रोनित अलोनीको क्लीनिकमा एक दशक देखि काम गर्दै आएकी छिन्, उनी पातलो छिन् र छोटो कपाल छ । उनको व्यवहार गर्मीले भरिएको छ र मिलाएर बोल्ने गर्दछिन् । हालै उनले आफ्नो अनुभवको बारेमा एउटा किताब लेखेकी छिन्, “मोर द्यान अ सेक्स सरोगेट ।”

किताबको प्रकाशक यसलाई आत्मीयता, गोपनीयता र प्रेमको तरिका बताउने छुट्टै संस्मरण भन्छिन् । उनले करिब ४० जना बिरामी सँग काम गरिसकिन् जसमा एक सैनिक पनि थिए । सेराफिना सरोगेट भएपनि उनको जीवनसाथी छन् र उनले कामको लागि अनुमति दिएका छन् ।

 उनी भन्छिन्, “मेरो थुप्रै साथीहरुलाई विवाहको लागि यस काम छोड्नुपरेको थियो ।”

क्लासिक मनोवैज्ञानिक थेरापी भन्दा प्रभावकारी उपचार

बेलुका ढिला भइसक्यो तर रोनित अझै पनि काम गर्दै छिन् । युरोप र सुदुरदक्षिण अमेरिकाको सेक्सोलजिस्टको समुहलाई अनलाइन लेक्चर दिईरहेकी छिन् । अनुसन्धानको आधारमा भन्दै छिन् कि सरोगेसी यौन समस्यालाई समाधान गर्ने क्लासिक मानोवैज्ञानिक थेरापी भन्दा प्रभावकारी हुन्छ ।

उनी भन्छिन्, “ सर्जरीको आधुनिक प्रविधिले गम्भीररुपमा घाइते सैनिकको उपचारमा प्रभावकारी हुनेछ तर यस्तोमा सरोगेट ट्रीटमेन्टको थप प्रयोग गर्न सकिन्छ ।” अलोनीको अनुसार, "आधुनिक समाजले यौन सम्बन्धको बारेमा के बिरामी दृष्टिकोण विकसित गरेको छ? हामीले सेक्सुअलिटीको बारेमा मजाक गर्न सिकेका छौं , अरुलाई अपमानित गर्न सिकेका छौं ,हामी या त सेक्सको बारेमा निकै रुढिवादी  भएका छौं या अतिवादी ।”

यो सन्तुलन कहिले पनि कायम भएको छैन । यो हाम्रो जीवनको समस्या समाधान भएको छैन सेक्सुअलिटी जिन्दगी हो । यसको माध्यमबाट  हामी जीवन ल्याउछौं र यही प्रकृति हो ।

-बिबिसीबाट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै