नाट्टाको नेतृत्वका लागि रस्साकसी सुरु, उम्मेदवारी घोषणा हुदै

खरीबोट

काठमाडौँ ।  नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)को ५१औँ साधारणसभा नजिकिएसँगै पर्यटन व्यवसायीले नेतृत्वका लागि आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 

यही पुस २८ गते हुने अधिवेशनमा नाट्टालाई व्यवसायीको साझा संस्थाका रुपमा स्थापित गर्ने उद्देश्यले आफ्ना उम्मेदवारी घोषणा गरेका हुन् । 

नाट्टाका प्रथम उपाध्यक्ष सिएन पाण्डेले आज यहाँ पत्रकार भेटघाट गरी संस्थाको सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको र सर्वसम्मत भएमा आफू अध्यक्ष हुने बताए । 

वाम गठबन्धननिकट पाण्डेले राजनीतिक आस्थाभन्दा माथि उठेर नाट्टामा आफूले व्यावसायिक नेतृत्व गर्न चाहेको बताउँदै सोही अनुरुप विविध विचार आस्था सम्बद्ध सबै पक्षले आफूलाई साथ हुने बताए । उनले आफू नेतृत्वमा नभए पनि नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे । 
लोकतान्त्रिक समूह निकट पर्यटन व्यवसायी अच्युत शर्मा गुरागाईंले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उनले स्वतन्त्र व्यवसायीका तर्फबाट आफूले उम्मेदवारी दिन लागेको बताए । उनी कार्यसमिति सदस्य हुँदै महासचिव भइसकेका छन् ।  

गुरागाईंले संघीय संरचनाअनुसार पर्यटनको ऐनकानून परिमार्जन गरी मुलुकमा पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि कार्य गर्ने बताए । उनले टुर्स र ट्राभल्स क्षेत्रमा रहेको समस्यालाई समाधान गर्नका लागि आफूले सबै सरोकारवालालाई समेटेर अगाडि बढ्ने स्पष्ट पारे । 

पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता स¬ंगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् भने साधारणसभामा ४६७ मतदाताले भाग लिनेछन् । 

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसका अवसरमा नाट्टाका विविध कार्यक्रम

काठमाडौँ । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको

नाट्टाको अध्यक्षमा सिएन पाण्डे विजयी

काठमाडौँ  । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् ।  नाट्टाको ५१औँ साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनको आज बिहान आएको मत परिणामअनुसार पाण्डेले निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई

नाट्टाको नेतृत्वका लागि रस्साकसी सुरु, उम्मेदवारी घोषणा हुदै

काठमाडौँ ।  नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)को ५१औँ साधारणसभा नजिकिएसँगै पर्यटन व्यवसायीले नेतृत्वका लागि आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।  यही पुस २८ गते हुने अधिवेशनमा नाट्टालाई व्यवसायीको साझा संस्थाका


z