• २०८१ बैशाख ८ शनिबार

अन्नालेना बैरबक : बन्न सक्छिन् जर्मनीको चान्सलर !

kharibot

काठमाडौँ । जर्मनीको द जर्मन ग्रिन पार्टीले चार दशकमा पहिलो पटक चान्सलरको लागि महिला उम्मेदवारको नाम घोषणा गरेको छ । सेप्टेम्बरको आम चुनावमा ग्रिनले इतिहासमा समानतापुर्वक भूमिका निर्वाह गर्नेछ  ।

सोमबार द ग्रिन पार्टीले ४० वर्षीय महिला अन्नालेना बैरबकलाई सेप्टेम्बरमा एन्जेला मर्केलको स्थानको लागि प्रतिष्पर्धा गर्न चयन गरिएको छ । बैरबक यस प्रतिष्पर्धामा एक मात्र महिला हुन् । ग्रिन पार्टी सरकारमा प्रवेश गर्ने ठुलो सम्भावना रहेको छ । जर्मनीको अर्को चान्सलर बैरबक हुनसक्ने उत्तिकै अनुमान गरिएको छ । उनलाई न्युजील्याण्ड र फिनल्याण्डको अन्य महिला नेतासंग तुलना गर्न थालिएको छ  ।

बैरबकको जन्म सन् १९८० मा भएको थियो । सोहि वर्ष पार्टीको स्थापनापनि भएको थियो । बाल्यकालमा उनको अभिभावकले एन्टी-न्युक्लियर डेमोमा सहभागी गराएका थिए । उनी भन्छिन्, 'मेरो बाल्यकाल आन्दोलनमा पानीको फोहोरा र पछि घरमा केक खाएर बित्यो ।'

उनी मध्यमवर्गीय परिवारमा हुर्केकी हुन् र अहिले ग्रिन पार्टीले उनीजस्तै समुदायको मानिसलाई समेटेको छ । हालै गरिएको एक पोलको अनुसार, ग्रिनले २२ प्रतिशत मत प्रप्त गर्ने पक्का छ र यो एन्जेला मर्केलको कन्जरभेटिभको सीडीयु/ सीएसयु ब्लक भन्दा केहि कम छ ।

कन्जर्भेटिभले पछिल्लो गर्मिमा ४० प्रतिशत मत प्राप्त गरेका थिए र महामारीको समयमा राम्रो व्यवस्थापन र निर्णय गरेको कारण २९ प्रतिशत मत पाएको थियो  । केहि पोलमा भने कन्जरभेटिभले कम अंक प्रप्त गरेको थियो  । सेन्टर-लेफ्ट एसपीडीले किशोरहरुलाई लक्षित गरिरहेको थियो र अन्य पार्टीहरु १० प्रतिशत भन्दा पनि कम रहेको छ ।

कजर्भेटिभको पुरुष उम्मेदवार एकअर्कालाई तल देखाउन विवाद गरिरहेको समयमा ग्रिनले सुटुक्क आफ्नो महिला उम्मेदवार चयन गरेको छ । सोमबारको अधिकारिक घोषणा भन्दा पहिला पार्टीले यस बारेमा केहि सार्वजनिक गरेको थिएन । नयाँ बन्ने ग्रिनको नेतृत्व रहेको सरकार बलियो भएको र शक्तिशाली हुने अनुमान गरिएको छ ।

ग्रिन पार्टीमा कहिले पनि शान्त वातावरण हुँदैन, पारम्परिक रुपमा ग्रिन सधैं हल्ला गर्ने र कन्जर्भेटिभ अनुशासित रहने गरेको छ । पार्टीको इतिहासमा सधैं विभाजित र विवादमा रहेको थियो ।

'रियालोस' समुह जसले समाजलाईमहत्व दिन्छ र 'रियालिस्ट' समूह जसले अनुदानमा विश्वास गर्ने तथा बिक्न तयार रहने र सम्झौता गर्ने समूहको विवाद सधैं चर्को देखिएको छ । सन् १९९८ मा ग्रिन पार्टीले पहिलोपटक सरकारमा प्रवेश गरेको थियो र सेन्टर लेफ्ट एसपिडिसंग सहकार्य गरेको थियो । ग्रिनको तर्फबाट नवनियुक्त विदेश मन्त्री फिस्चरलाई पत्रकारहरुले आलोचनात्मक प्रश्न गरेका थिए  ।

'रियलोस' को जित भयो र उनीहरु सत्तामा आए । सन् १९९९ मा फिस्चरलाई पार्टी कन्फ्रेन्समा रातो रंगको बाल्टिनले टाउकोमा प्रहार गरिएको थियो । उनले कोसोभोमा एयर स्ट्रइक भएको समयमा ग्रिन पार्टीले नेटोको समर्थन गर्छ भन्ने बयान दिएको कारण हिंसा भड्किएको थियो । त्यसपछि ग्रिन राष्ट्रिय रुपमा विभाजित भएको थियो । तर ग्रिनका सफल नेताहरुले पार्टी नेतृत्व गर्न सक्षम रहेको प्रमाणित गरेका छन् ।

२०११ मा बेडेन-वार्टेमबर्गको धनी राज्यले जर्मनीको पहिलो क्षेत्रीय ग्रिन प्रधानमन्त्री विन्फ्राइड । क्रेत्स्मानलाई मतदान गरेका थिए । आर्थिक व्यावहारिकता र वातावरणीय विश्वासको मिश्रणको साथ, उनी लामो समयसम्म सत्तामा रहे र लोकप्रिय भए । कतिपय समयमा भने ग्रिनले आफ्नो काम गर्न असफल भएको छ । १६ वर्षपछि ग्रिन पार्टीले चान्सलर मर्केललाई चुनौती दिने भएको छ ।

जर्मनी परिवर्तन भएको छ र मर्केलको शासन अन्त्य हुने समय आएको छ तर ग्रिनलाई समर्थन नगर्ने मानिसले भने मतदानको वास्ता नगर्ने देखिन्छ । अहिले ग्रिन सत्ता केन्द्रित छ र पार्टीप्रति कोहि आलोचनात्मक प्रतिक्रिया दिने गर्दैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै