• २०८१ बैशाख ७ शुक्रबार

कोपा डेल रे : बेलले गरे रियलका लागि यसबर्षको पहिलो गोल, म्याड्रिडको विजयी सुरुवात 

kharibot

काठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिडले २०१८ मा विजयी सुरुवात गरेको छ ।

कोपा डेल रे अन्तर्गतको खेलबाट यस बर्षको खेल सुरु गरेको रियलले नुमान्सियालाई ३-० ले पराजित गरेको छ । आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको खेलमा ग्यारेथ बेल, इस्को र बोर्जा मायोरलले गोल गरेका थिए ।

रियलका लागि बेल र इस्कोले पेनाल्टी गोल गरेका थिए । खेलको ३५औ मिनेटमा पायेओ पेनाल्टीलाई गोलमा परिणत गर्दै ग्यारेथ बेलले रियल र आफ्ना लागि २०१८ को पहिलो गोल गरे भने इस्कोले खेलको ८९औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । त्यस्तै बोर्जाले इन्जुरी समयमा गोल गर्दै रियललाई ३-० को जित दिलाएका थिए । 

खेलको ६०औ मिनेटमा नुमान्सियाका डीयमानकाले दोहोरो पहेलो कार्ड पाउदै खेलबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको थियो । 

यो जितसँगै कोपा डेल रेको अन्तिम १६ अन्तर्गत पहिलो लिमा रियलले ३-० को बढ्त लिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै