• २०८१ बैशाख ७ शुक्रबार

पत्रकार माइकल वुल्फको किताबले राष्ट्रपति ट्रम्पको बढ्यो ‘तनाव’  

kharibot

वाशिंगटन ।  अमेरिकामा पछिल्लो पटक राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा लिखेएको किताबको निकै चर्चा रहेको छ । 

पत्रकार माइकल वुल्फले लेखेको ट्रम्प प्रशासन सम्बन्धी पुस्तक ‘फायर एण्ड फ्यूरी : इनसाइड द ट्रम्प ह्वाइट हाउस’ मा राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस यात्रा र त्यसपछिका विभिन्न पक्षका बारेमा खुलाइएको बताइएको छ ।

बिबिसीका अनुसार पुस्तकमा स्टीभ बेननसहितका ट्रम्पका पूर्व सहयोगीले ट्रम्प प्रशासनका बारेमा गोप्य कुरा खुलाएको, ट्रम्पकी छोरी पनि राष्ट्रपति बन्न चाहेको, अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप, ट्रम्प र उनकी श्रीमती मेलानियाको सम्बन्ध राम्रो नभएको, निर्वाचनमा जित्नेमा विस्वास नभएको आदि बारेमा लेखिएको उल्लेख गरेको छ । 

यस किताबले ट्रम्प प्रशासन समस्यामा परेको र यसलाई रोक्ने प्रयास भएको रिपोर्ट बाहिर आएको छ । यस किताबमा बेननले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा लेखेको बताइएको छ । 

यस किताबमा हिलारी क्लिन्टनका बारेमा डोनाल्ड ट्रम्पका छोरालाई रुसी अधिकारीले सन् २०१६ को जुनमा भएको भेटमा जानकारी दिएको बेननले बताएका हुन् । रुसी अधिकारीसँगको ट्रम्प जुनियरको भेट गैरकानुनी रहेको बेननले पुस्तकमा बताएका छन् । सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन बेननको महत्वपूर्ण हात रहेको अमेरिकी सञ्चारमाध्यमले बताउदै आएका छन् ।

ट्रम्पले चुनाव जितेपछि पनि बेनन ह्वाइटहाउसको सल्लाहकार तथा सहयोगको रुपमा रहेका थिए । प्रमुख रणनीतिक सल्लाहकारको रुपमा रहेका बेननलाई राष्ट्रपति ट्रम्पले गएको अगस्टमा हटाएका थिए । 

गएको अगस्टमा बेननलाई खर्बास्त गर्ने बेलामा ट्रम्पले बेननलाई धन्यवाद दिँदै आफ्नो चुनावी अभियानमा ठूलो सहयोग गरेको बताएका ट्रम्पले आफ्नो बारेमा गम्भीर खुलासा गरेपछि ट्रम्पले बुधबार वक्तव्य जारी गरेर बेननको आरोपको खण्डन गर्दै बेनन र आफ्नो राष्ट्रपति चुनावमा उम्मेदवारीबिच कुनै सम्बन्ध नरहेको दाबी गरेका थिए । त्यस्तै बेननले आफू बर्खास्त भएका बेला होस पनि गुमाएको र बेहोसीमा नचाहिने कुरा बोल्दै हिँडेको ट्रम्पले आरोप लगाएका थिए । 

विवादास्पद बनेको पत्रकार वुल्फको पुस्तकमा ट्रम्पले राष्ट्रपतीय चुनाव अप्रत्यासित रुपमा जितेको पनि उल्लेख गरिएको छ । यसअघि आउँदो मंगलबार सार्वजनिक हुने भनिएको पुस्तक आज सार्वजनिक हुने लेखक वुल्फ़ले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै