• २०८१ बैशाख ८ शनिबार

कोन्टिन्होलाई बेच्न लिभरपुल तयार, बार्सिलोनासँग सम्झौता अन्तिम चरणमा

kharibot

काठमाडौँ । लिभरपुलका ब्राजिलियन प्लेमेकर फिलिप कोन्टिन्हो बार्सिलोना जाने लगभग तय भएको छ ।

कोन्टिन्होका लागि बार्सिलोनाले १४२ मिलियन पाउण्ड प्रस्ताव गरेको र सो रकममा सम्झौता हुने तयारी भएको स्पेनिश मिडियाहरुले उल्लेख गरेका छन् । 

हाल सम्झौतालाई अन्तिम रुप दिन कोन्टिन्होका एजेन्ट र वकिल बार्सिलोनामा रहेको बताइएको छ । साथै लिभरपुलका प्रतिनिधि पनि अहिले सम्झौतालाई अन्तिम रुप दिन बार्सिलोनामै रहेको बताइएको छ ।

यस सम्झौतामा १४२ मिलियन बाहेक कोन्टिन्हो बार्सिलोनामा रहुन्जेल थप ३० मिलियन पाउण्ड बोनसको रुपमा लिभरपुलले पाउने शर्त रहेको बताइएको छ । सन् २०१३ मा केवल ८.५ मिलियन पाउण्डमा इटालीको इन्टर मिलानबाट लिभरपुल आएका कोन्टिन्हो ५ बर्षमा लिभरपुललाई १३४ मिलियन पाउण्ड फाइदा गराएर बाहिरिने भएका छन् ।

साथै बार्सिलोनाले सम्भवत सोमबार कोन्टिन्होलाई क्लबमा प्रस्तुत गर्ने तयारी गरेको रिपोर्ट पनि सार्वजनिक भएको छ । मिडिया रिपोर्टका अनुसार अबको केहि घण्टा मै कोन्टिन्होको बार्सिलोना यात्राको औपचारिक घोषणा हुन सक्ने बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै