म ‘एकदम स्थिर स्वभाव’को व्यक्ति हुँ : डोनाल्ड ट्रम्प

खरीबोट
ad

वासिङ्टन, अमेरिका ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै ट्वीटर सन्देशमा आफू ‘एकदम स्थिर क्षमतावान् स्वभाव’को मानिस भएको जनाउनुभएको छ । 

एउटा विवादास्पद पुस्तकका लेखक ह्वाइट हाउसका कर्मचारीले ट्रम्पलाई ‘केटाकेटी जस्तो’ हेर्ने गरेको बताएपछि यसबारे प्रतिक्रिया जनाउँदै राष्ट्रपतिको यो भनाइ आएको हो । 

माइकल वुल्फले ‘फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ शीर्षकको आफ्नो पुस्तक करिब २०० वटा अन्तर्वार्तामा आधारित रहेको बताउँदै पुस्तकमा ट्रम्पलाई ‘केटाकेटी जस्तो’ भनी चित्रण गरेको भनी विभिन्न सञ्चारमाध्यमले लेखेका छन् । 

राष्ट्रपति ट्रम्पले बिहानै लगातार ट्वीटरमार्फत भन्नुभएको छ, “मेरो जीवनभर मेरा सबैभन्दा महत्वपूर्ण दुई सम्पत्ति भनेका नै ‘बौद्धिकता’ र ‘क्षमता’ हुन् ।” 

आफूमाथि हिलारी क्लिन्टनले पनि पटक पटक वुल्फले जस्तै विशेषण लगाएर आरोपित गर्ने गरेको तर अहिले ती सबै अन्त्य भइसकेका ट्रम्पको दाबी छ । 

उहाँले भन्नुभयो, “म एक सफल व्यवसायी, वरिष्ठ टेलिभिजन स्टार हुँदै एकैपटकमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित बन्न सफल व्यक्ति हुँ ।” “मेरो विचारमा यसले मलाई बौद्धिकमात्र नभई क्षमतावान् व्यक्ति भएको पुष्टि गर्छ”, ट्रम्पले लेख्नुभएको छ । 

वासिङ्टनमा छोटो समयमा नै ठूलो सङ्ख्यामा बिक्री भएको पुस्तकबारे ट्रम्पले भन्नुभयो, “वुल्फको पुस्तक मैले ‘दिक्कलाग्दो र झुटो’ भएको पाएँ ।” 

राष्ट्रपति ट्रम्पले आफूलाई चोट पु¥याउन सञ्चारमाध्यम र अरूले उक्त पुस्तकलाई अघि बढाएकोे दाबी गर्नुभएको छ । 

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीद्वारा राजीनामा

काठमाडौँ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले राजीनामा दिएकी छन्। बिबिसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलीको राजीनामा स्वीकृत गरेको  छन्।   साउथ कोरोलिनाकी पुर्व गभर्नर हेलीले आश्चर्यजनकरुपमा राजदुत पदबाट

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेट ! 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दै। साथमा प्रधानमन्त्री पत्नी राधिका शाक्य र अमेरिकी प्रथम महिला मलेनिया ट्रम्प। तस्बिर : संयुक्त

मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै भएनन्- डोनाल्ड ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसनबिरुद्ध फेरि आक्रोस पोकेका छन् । उनले भने, “मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै छैनन् ।”  हील टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू जेसनको

डोनाल्ड ट्रम्पलाई भगवान् मानेर पूजा ! तस्बिरमा दूधको अभिषेक पनि !  

हैदरावाद (भारत) । एक भारतीयले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूजा गर्ने गरेको समाचार बाहिर आएको छ । उनले आफ्नो पूजाघरमा ट्रम्पको तस्बिर नै राखेर पूजा गर्ने गरेका छन् । हरेक बिहान


z