काठमाडौँ । स्पेनिश ला लिगामा अन्तर्गत एथलेटिको म्याड्रिडले गेटाफेलाई २-० ले पराजित गरेको छ । शनिबार भएको खेलमा एन्जेल कोरिया र दिएको कोष्टाले गोल गर्दै एथलेटिकोलाई जित दिलाएका थिए ।
हालै एथलेटिकोमा फर्किएका कोष्टाले एथलेटिकोका लागि दुई खेलमा दुई गोल गरेका छन् । तर कोष्टाले गोल गरेपछि खुशियाली मनाउने क्रममा गरेको ब्यबहार प्रति रेफ्रीले दोस्रो पहेलो कार्ड दिएपछि उनले मैदान छोड्नु परेको थियो । कोष्टाले खुशियाली मनाउन दर्शक दीर्घामा रहेका आफ्ना समर्थकसँग पुगेका थिए ।
यस अघि कोपा डेल रे को खेलमा एथलेटिकोमा पुनरागमनको पहिलो खेल खेल्दै गोल अग्रेका थिए भने यस खेलमा ला लिगाको पहिलो खेलमा गोल पनि गरे र रातो कार्ड पनि पाए ।
खेलको ६८औ मिनेटमा कोष्टाले रातो कार्ड पाएपछि एथलेटिको १० खेलाडीमा सिमित भएको थियो । यस खेलमा पहिलो हाफमा ६ र कुल ८ पहेलो कार्ड देखाइएको थियो ।
एथलेटिकोले ला लिगामा १८ खेलमा ३९ अंक सहित लिगको दोस्रो स्थानमा रहेको छ । एथलेटिको बार्सिलोना भन्दा ६ अंकले पछाडी रहेको छ ।
त्यस्तै गेटाफे १८ खेलमा २३ अंक सहित लिगको अठौ स्थानमा रहेको छ ।