• २०८१ बैशाख ४ मंगलबार

फिलिप कोन्टिन्होले गरे बार्सिलोनासँग सम्झौता, अहिलेसम्म दोस्रो महँगो खेलाडी

kharibot

काठमाडौँ । लिभरपुलका ब्राजिलियन प्लेमेकर फिलिप कोन्टिन्होले बार्सिलोनासँग सम्झौता गरेका छन् ।

लामो समयको प्रतिक्षा पछि कोन्टिन्होको बार्सिलोना जाने सपना पुरा भएको छ । बार्सिलोनाले ३५५ मिलियनको बाइआउट शर्त सहित कोन्टिन्होलाई बार्सिलोनाले १४५ मिलियन पाउण्डमा भित्राएको हो । क्लबले आगामी सोमबार कोन्टिन्होलाई क्लबमा प्रस्तुत गर्न सक्ने बताइएको छ भने उनले बार्सिलोनाको आइतबार हुने लेभान्टेविरुद्धको खेल हेर्नसक्ने बताइएको छ ।

२५ बर्षिय मिडफिल्डर कोन्टिन्होले बार्सिलोनासँग साढे ५ बर्षको लागि सम्झौता गरेका छन् ।

यस अघि सम्झौतालाई अन्तिम रुप दिन कोन्टिन्हो, उनका एजेन्ट र वकिल बार्सिलोना पुगेका थिए । साथै लिभरपुलका प्रतिनिधि पनि सम्झौतालाई अन्तिम रुप दिन बार्सिलोनामै रहेको बताइएको छ ।

यस सम्झौतामा १४५ मिलियन बाहेक कोन्टिन्हो बार्सिलोनामा रहुन्जेल थप ३० मिलियन पाउण्ड बोनसको रुपमा लिभरपुलले पाउने शर्त रहेको बताइएको छ । सन् २०१३ मा केवल ८.५ मिलियन पाउण्डमा इटालीको इन्टर मिलानबाट लिभरपुल आएका कोन्टिन्हो ५ बर्षमा लिभरपुललाई १३४ मिलियन पाउण्ड फाइदा गराएर बाहिरिने भएका छन् ।

यो ट्रान्सफर पछि कोन्टिन्हो अहिलेसम्म दोस्रो महँगो खेलाडी बनेका छन् । बार्सिलोनाबाट यसै सिजन अघि पिएसजी गएका ब्राजिलकै नेइमारको नाममा १९८ मिलियन पाउण्डको रेकर्ड रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै