• २०८१ बैशाख ७ शुक्रबार

अक्सफोर्डको अनुसन्धान भन्छ- किशोरावस्था, प्रविधि र मानसिक स्वास्थ्यको अन्तरसम्बन्ध हुँदैन

kharibot

काठमाडौँ । अक्सफोर्डले गरेको एक अनुसन्धानको अनुसार प्रविधिको प्रयोग र मानसिक स्वास्थ्यबीच थोरै मात्र सम्बन्ध हुन्छ । करिब १० देखि १५ वर्ष उमेर समूहका चार लाख ३० हजार बालबालिकामा गरिएको एक अध्ययनमा उन्क्त कुरा पत्ता लागेको छ ।

अक्सफोर्ड इन्टरनेट इन्स्टिट्युटले  टेलिभिजन हर्ने, सामाजिक संजाल प्रयोग गर्ने र उपकरणको प्रयोगलाई डिप्रेसनको अनुभव , आत्महत्याको विचार र व्यवहारमा समस्यासंग तुलना गरेको थियो ।

सन् १९९१ देखि २०१९ सम्म हेर्दा डिप्रेसन र सामाजिक संजाल प्रयोग र टिभी हेर्ने कार्यको सम्बन्धको बारेमा अनुसन्धान गरेको थियो । जसमा केवल केही मात्र असर हुने देखिएको छ ।

रिपोर्टको अनुसार, सामाजिक संजाल प्रयोगले भावनात्मक अनुभवमा थोरै मात्र असर हुनेछ । अनुसन्धानकर्ता प्राध्यापक एन्ड्रु प्रिबेस्की भन्छन्, 'हामीले सन् २०१० देखि २०१९ सम्म सामाजिक संजाल  प्रयोगले मानिसक प्रभाव वा समस्याको बारेमा केही भिन्नता नरहेको पाएका छौँ ।'

उनी भन्छन्, 'हामीले केही खुसी मानिसले मात्र सामाजिक संजाल प्रयोग गर्छन् भन्न खोजेको होइन, हाम्रो अनुसन्धानको अनुसार त्यस सम्बन्ध अब कम्जोर बन्दै गएको छ ।'

यो कानुन निर्माताहरुलाई एउटा चेतावनीको रुपमा रहेको छ । प्रायजसो प्रविधिको प्रयोगले युवा तथा बालबालिकामा गहिरो असर पर्छ भन्ने गलत तथ्य मानिसले विश्वास गर्दै आएका छन् ।

अमेरिका र बेलायतका स्वयंसेवकले आफ्नो भावनालाई निजी स्केलमा प्रतिक्रिया दिएका छन् । अध्ययनमा उनीहरुलाई सामाजिक संजाल वा कुनै प्रविधिको उपकरण प्रयोगको समय र कुन समयमा धेरै प्रयोग हुन्छ जस्तो प्रश्न सोधिएको थियो ।

क्लिनिकल साइकोलोजीकल साइन्स जर्नलमा यसको प्रतिवेदन सार्वजनिक गरिएको छ । सन् २०२१ जनवरीमा अध्ययनले सामाजिक संजालको अधिक प्रयोगले नकारात्मक प्रभाव पर्ने र आत्मविश्वासमा कमि हुने जस्तो खतरा रहेको बारेमा एक अनुसन्धानको रिपोर्ट जारी गरेको थियो ।

किशोरहरुको मानसिक स्वास्थ्यमा प्रभाव पर्ने तत्वमा कोरोना माहामारी पनि रहेको छ ।

बेलायतको सरकारले मानसिक स्वास्थ्य सुधार योजनामा ५०० मिलियन पाउण्ड खर्च गर्ने घोषणा गरेको छ र बालबालिका तथा युवामा ७९ मिलियन पाउण्डको योजना ल्याएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै