• २०८१ बैशाख ५ बुधबार

प्रख्यात मेडिकल जर्नलमा मोदीको कडा आलोचना, छबि बचाउन केन्द्रित भएको आरोप

kharibot

काठमाडौँ । विश्वको सबैभन्दा प्रख्यात मेडिकल जर्नल ल्यान्सेटले सम्पादकीयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गर्दै उनको ध्यान केवल ट्वीटरमा आफ्नो आलोचना दबाउनमा धेरै केन्द्रित भएको र कोरोना महामारीमा नियन्त्रण पाउने कार्यमा कम भएको बताएको छ ।

जर्नलले लेखेको छ, 'यस्तो कठिन समयमा मोदीले आफ्नो आलोचना र खुल्ला चर्चा दबाउने प्रयास माफीको लायक छैन ।'

रिपोर्टको अनुसार, इन्स्टिट्यूट अफ हेल्थ मेट्रिक्स एण्ड इभयाल्यूएशनको  अनुमानको आधारमा भारतमा एक अगष्ट सम्म महामारीबाट हुने मृत्युको सङ्ख्या १० लाख सम्म पुग्न सक्छ ।

ल्यान्सेटको अनुसार, कोरोनाको विरुद्धमा शुरुवातको चरणमा सफलता मिलेपछि सरकारको टास्क फोर्स अप्रिल सम्म एक पटक पनि भेटेको छैन ।

जर्नलको अनुसार, 'यसको निर्णय हाम्रो अगाडी छ अब महामारी बढ्दो छ र भारतले नयाँ तरिकाले पहल गर्नुपर्ने छ । यसको सफलता सरकारले आफ्नो गल्तिलाई मानेर देशलाई पारदर्शिताको साथमा नेतृत्व दिने छ वा छैन भन्ने हेर्न बाँकी छ ।'

जर्नलको  अनुसार वैज्ञानिक आधारमा जन स्वास्थ्य संग जोडिएको पहल उठाउनुपर्ने छ ।

जबसम्म खोप अभियान पूर्णरुपमा तिब्र शुरुवात हुँदैन तब सम्म संक्रमण रोक्नको लागो आवश्यक पहल गर्नुपर्दछ ।

'जसरी संक्रमण बढेको छ, सरकारले समयमा सटिक डाटा उपलब्ध गराउनु पर्छ, हरेक १५ दिनमा मानिसलाई कोरोना महामारीलाई कम गर्न के के पहल भएको छन् बताउनु पर्दछ भने अब के गर्नुपर्छ भन्ने पनि जानकारी दिनुपर्छ । यसमा देशव्यापी लक्डाउनको सम्भावनामा पनि चर्चा हुनुपर्छ ।' जर्नलको अनुसार  संक्रमणलाई राम्रोसंग बुझ्न र फैलिनबाट रोक्नको लागि जीनोम सीक्वेंसींगलाई प्राथमिकता दिनुपर्छ ।

'स्थानीय स्तरमा सरकारले संक्रमण रोक्नको लागि पहल शुरुवात गरेको छ  तर मानिसले मास्क लगाएको सुनिश्चित गर्न, सामाजिक दुरी नियमको पालना गर्न, भिड जम्मा नगर्ने, क्वारेन्टिन र परिक्षण गर्न यी सबैमा सरकारको महत्वपूर्ण भूमिका हुन्छ ।'

'खोप अभियान तिब्र बनाउनअट अति आवश्यक छ , हाल दुई चुनैती रहेको छ सप्लाई बढाउने र यसको लागि वितरण केन्द्र बनाउने जसले ग्रामीण क्षेत्रका मानिससम्म खोप पुग्नेछ किनभने भारतको ६५ प्रतिशत जनसङ्ख्या गाउँमा बस्छ र उनीहरुसम्म स्वास्थ्य सेवा पुग्दैन । सरकारले स्थानीय र प्राइमेरी स्वास्थ्य केन्द्रलाई एक साथ मिलाएर काम गर्नुपर्छ ।'

जर्नलमा भरतका अस्पतालहरुको वर्तमान स्थति र स्वास्थ्य मन्त्रीको बयानको बारेमाप् पनि विश्लेषण गरिएको छ जसमा उनले भारत महामारीको अन्त तर्फ जाँदै गरेको बताएका थिए ।

जर्नलको अनुसार,  'केही महिनासम्म मामिला कम आएपछि सरकारले भारतले कोभिडलाई पराजय गरेको दावी गर्दै आएको छ । सरकारले दोश्रो लहरको खतरा र नयाँ प्रजातिसंग जोडिएको चेतावनीलाई वेवास्ता गरेको थियो ।'

सम्पादकीयको अनुसार, 'चेतावनीको बावजूद भारत सरकारले धार्मिक आयोजना गर्ने अनुमति दियो जसमा लाखौँ मानिस सहभागी भएका थिए, यस बाहेक चुनावी प्रचारप्रसार भाइरस संक्रमणको ठुलो कारण बन्यो ।'

जर्नलमा  भारत सरकारको खोप अभियानको पनि आलोचना गरिएको छ । ल्यान्सेटले लेखेको छ, 'केन्द्रीयस्तरमा खोप अभियानपनि असफल भएको छ । केन्द्र सरकारले खोप बढाउने र १८ वर्ष भन्दा अधिक उमेरका सबै मानिसलाई खोप लगाउने बारेमा राज्यको सल्लाह नलिई अचानक नीति परिवर्तन गर्यो जसको कारण सप्लाईमा कमि भयो र अव्यवस्था फैलियो ।'

जर्नलको  अनुसार महामारीसंग लड्नको लागि केरल र ओडिशा राज्य राम्रोसंग तयार थिए । उनीहरुले धेरै खोप उत्पादन गरेर दोश्रो राज्यलाई पनि सहयोग गरिरहेका छन् ।

त्यस्तै महाराष्ट्र र उत्तर प्रदेश कोरोनाको दोश्रो लहरको लागि तयार थिएनन् र त्यहाँ अक्सिजन, अस्पतालमा बेड तथा अन्य मेडिकल सुविधा सम्म उपलब्ध छैन यहाँ दाह-संस्कारको लागि स्थान पनि उपलब्ध छैन । ल्यान्सेटमा केही राज्यले अक्सिजनको माग गरिरहेका मानिसको विरुद्धमा देशको सुरक्षासंग जोडिएको कानुनको प्रयोग गरेका छन् ।

ल्यान्सेटको यस रिपोर्टलाई आधार बनाएर विपक्षीले सरकारमाथि प्रश्न उठाउन शुरुवात गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै