• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव खर्च ५ अर्ब ६२ करोड

kharibot

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव खर्च सार्वजनिक गरेको छ ।

आयोगले प्रतिनिधि सभा  र प्रदेश सभा निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ (कुल बजेटको ५७.९६ प्रतिशत) रुपैयाँ खर्च भएको जनाएको छ ।

आयोगलाई सरकारले निर्वाचन प्रयोजनका लागि १० अर्ब रुपैयाँ बजेट दिएको थियो। आयोगले १० अर्ब रुपैयाँबाट ३० करोड रुपैयाँ रकम पूँजीगत खर्चका लागि छुट्याएको थियो।

आयोगले पुस  २१ गतेसम्मको खर्च विवरण सार्वजनिक गरेको हो। निर्वाचन आयोगले कान्तिपथस्थित कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६९१ (७.८४ प्रतिशत) रुपैयाँ मात्र खर्च भएको  जनाएको छ।

निर्वाचनका लागि ७७ जिल्लामा ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ निकासा गरिएको पनि जानकारी दिएको छ। आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा सरकारले दिएको बजेटमध्ये ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपैयाँ बाँकी रहेको उल्लेख छ।

उक्त रकमबाट राष्ट्रिय सभा र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने जनाएको छ।
.........................

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै