• २०८१ बैशाख ८ शनिबार

लेभान्टेमाथि बार्सिलोनाको सहज जित, ला लिगाको ४ सयौ खेलमा मेसीको गोल  

kharibot

काठमाडौँ । स्पेनिश ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित हासिल गरेको छ । 

गएराती भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसी, लुइस स्वरेज र पउलिन्होले एक एक गोल अग्रेका थिए ।

खेलको १२औ मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेसीले जोर्डी अल्बाको पासमा गोल हानेका थिए । त्यस्तै खेलको ३८औ मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनाको अग्रतालाई दोब्बर पारेका थिए । 

पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले खेलको इन्जुरी समयमा मेसीको पासमा पाउलिन्होले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाएका थिए ।

यस खेलम मेसीले बर्सिलोनाका लागि ला लिगाको ४ सयौ खेल खेल्दै ३६५औ गोल गरेका छन् । मेसीले ला लिगाको ४ सयौ खेल खेल्दा कुल १४४ गोल असिष्ट गरेका छन् । ला लिगामा मेसी भन्दा अगाडी जाभीले ५०५ र इनेष्टाले ४२७ खेल खेलेका छन् ।

त्यस्तै लुइस स्वरेजले बार्सिलोनाका लागि १३२औ गोल गरेका छन् ।

यो जित पछि बार्सिलोना १८ खेलमा ४८ अंक सहित ला लिगाको शिर्ष स्थानमा कायमै रहेको छ । भने लिभान्टे १८ खेलमा १८ अंक सहित लिगको १६औ स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै